२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

अब नेपालमा ५०० संक्रमित भए निषेधाज्ञा र २०० भए बन्दाबन्दी



काठमाडौं । सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएकाजिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड–१९ कोसङ्क्रमणलाई रोक्नका लागि ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमण भएका जिल्लामाबन्दाबन्दी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको बताए ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १२ वटा रहेका छन् । मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्दही रहेका छन् ।

२४  घण्टामा ११२० संक्रमित थपिए

पछिल्लो २४ घण्टामा एक हजार १२० जनामा कोरोना भाइरसको नयाँ सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३२० महिला र ८०० जना पुरुषमा नयाँ सङ्क्रमण देखिएको हो । अहिलेसम्म नेपालमा ४१हजार ६४९ जना कोभिड–१९ को सङ्क्रमण देखिएको छ ।

विगत २४ घण्टामा एक हजार ११२ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म २३ हजार २९० जना निको भएर घर फर्किएका छन्। निको ५६ प्रतिशत हो ।

उपत्यकामा ३८८ जना सङ्क्रमित देखिएका छन् । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार काठमाडौँमा ३५०, भक्तपुरमा नौ रललितपुरमा २९ जना नयाँ सङ्क्रमित थपिएका छन् ।कोरोना भाइरसको कारणले एकै दिन १२ जनाको निधन भएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ८ : ३८ बजे