वासिङ्टन डिसीमा प्रहरीको गोलीबाट एक जनाको मृत्यु
२०७७ भाद्र १८, बिहीबार १६:१५

वासिङ्टन डिसी (एजेन्सी) । अमेरिकी राजधानी शहर वासिङ्टन डिसीको दक्षिणपूर्वमा मंगलबार राति प्रहरीले चलाएको गोलीबाट एकव्यक्तिको मृत्यु भएको छ ।
महानगरीय प्रहरी विभागका अनुसार उक्त घटना मंगलबार राति करिब ८.३० बजे अरेन्ज स्ट्रिटमा भएको हो । प्रहरीले उक्त घटनामामारिएका व्यक्तिको पहिचान खुलाएको छैन, तर घटनास्थलबाट दुई थान हतियार बरामद भएको जनाएको छ ।
वासिङ्टन डिसीका प्रहरी प्रमुख पिटर न्यूशामले शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले उक्त व्यक्ति चढेकोसवारी साधनलाई लखेटेको र गाडीबाट केही व्यक्ति भागेको जानकारी दिए ।