२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

नेकपाले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा लैजाने



काठमाडौं  सत्तारुढ दल नेकपाले राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने निर्णय गरेको

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलेराष्ट्रियसभाको रिक्त एक सदस्यमा सरकारका तर्फबाट उपाध्यक्ष गौतमलाई सिफारिश गर्ने जानकारी गराएका थिए बैठकपछिपार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभाका एक रिक्त सदस्यका लागि पार्टीको निर्णयानुसार नै सरकारका तर्फबाट उपाध्यक्षगौतमलाई सिफारिश गर्ने निर्णय भएको जानकारी दिए

सरकारका तर्फबाट गरिएको सिफारिशका आधारमा राष्ट्रियसभा सदस्य राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान  यसअघि अर्थ, सञ्चारतथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई समेत सरकारको सिफारिशमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिले नियुक्त गरेकी थिईन् संवैधानिक प्रावधानअनुसार राष्ट्रियसभामा सरकारको सिफारिशमा राष्ट्रपतिले तीन सदस्य नियुक्त गर्ने प्रावधान 

यसअघि सिफारिशसहित नियुक्त भएका राष्ट्रियसभा सदस्यमा डा खतिवडा, रामनारायण बिडारी विमला पौडेल छन् तीमध्ये डाखतिवडाको दुईवर्षे कार्यकाल गत फागुनमा नै सकिएको थियो

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  १० : ३० बजे