२७ माघ २०८१, आइतबार | Mon Feb 10 2025

आदिवासीको संस्कृतिमाथिको अतिक्रमण रोक्न फिप्नाको माग



काठमाडौं । नेपालमा आदिवासी जनजाितहरुकाे संस्कृित माथि भइरहेकाे अतिक्रमणलाई रोक्न नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना)ले माग गरेको छ ।

महासंघका अध्यक्ष लोक चेम्जोङले बिज्ञप्ती जारी गरी सांस्कृतिक अतिक्रमण जस्तो गम्भिर घटनाहरू नदोहोर्याउन समेत नेपाल सरकार तथा सम्बन्धीत पक्षसंग माग गरेको हो ।

‘गत भदौ १८ गते ललितपुरमा नेवा संस्कृतिको हजारौ वर्ष पुरानो ऐतिहासिक पहिचान बोकेको रातो मच्छेन्द्रनाथको रथ तान्ने क्रममा राज्य पक्षको अपर्याप्त गृहकार्य र अव्यवस्थाका कारण घटेको घटनामा निहत्या जनतामाथी राज्यसत्ताको बर्बरतापूर्ण दमनको घोर निन्दा एवं भर्त्सना गर्दछौ’ बिज्ञप्तीमा भनिएको छ, ‘उक्त घटनामा संलग्न भनि गिरफ्तार गरिएका आम सर्वसाधारण जनतामाथी गैरकानुनी ढंगले थुनामा राखिएको र हालसम्म समेत रिहाई नगरीएकोले तत्काल रिहाई गर्न हामी नेपाल सरकार समक्ष जोडदार माग गर्दछौ ।’

प्रेश विज्ञप्ति

नेपाल सरकारद्वारा आदिवासी जनजातिहरूको मौलिक सांस्कृतिक पहिचानमाथी सृंखलाबद्व आक्रमण गरिरहेको प्रति नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाको गम्भिर ध्यानाकर्षण भएको छ । नेपालका आदिवासी जनजाति, मधेसी, थारू , सिल्पी, खस , आर्य सबैको संयुक्त वलिदानीपूर्ण संघर्ष वाट स्थापित संघिय लोकतान्त्रिक गणतन्त्र नेपालमा आदिवासी जनजातिहरूको मौलिक संस्कृतिहरूमाथी अतिक्रमण हुनु दुखत र निन्दनीय छ ।

नेपाल बहुभाषीक , बहुजातिय , बहुसंस्कृतिक विभिधतायुक्त धर्मनिरपेक्ष मूलुक हो । यहाँ हजारौ वर्षदेखी विकास भएर मानवजिवनसंग अनेकौ सम्बन्धहरू भएको सांस्कृतिक धरोहरहरू छन्, जुन हाम्रो सम्पत्ति हो । नेपाल आदिवासी जनजाति महासंघ अमेरीका को केन्द्रीय कार्यसमिति, संघिय परिषद साथै सदस्य संस्थाहरूको संयुक्त बैठकमा नेपालमा पछिल्लो समयमा सरकारी पक्षबाट नै आदिवासीहरूको सांस्कृतिक धरोहरहरूमाथी सृखलाबद्व आक्रमण भएको निष्कर्ष निकाल्दै त्यसप्रती हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।साथै उक्त सांस्कृतिक अतिक्रमण जस्तो गम्भिर घटनाहरू नदोहोर्याउन समेत नेपाल सरकार तथा सम्बन्धीत पक्षसंग जोडदार माग गर्दछौ ।

गत भदौ १८ गते ललितपुरमा नेवा संस्कृतिको हजारौ वर्ष पुरानो ऐतिहासिक पहिचान बोकेको रातो मच्छेन्द्रनाथको रथ तान्ने क्रममा राज्य पक्षको अपर्याप्त गृहकार्य र अव्यवस्थाका कारण घटेको घटनामा निहत्या जनतामाथी राज्यसत्ताको बर्बरतापूर्ण दमनको घोर निन्दा एवं भर्त्सना गर्दछौ । साथै उक्त घटनामा संलग्न भनि गिरफ्तार गरिएका आम सर्वसाधारण जनतामाथी गैरकानुनी ढंगले थुनामा राखिएको र हालसम्म समेत रिहाई नगरीएकोले तत्काल रिहाई गर्न हामी नेपाल सरकार समक्ष जोडदार माग गर्दछौ ।

यतिवेला आदिवासी जनजातीहरू संग जोडिएका ऐतिहासिक पहिचान बोकेका नामहरू , थुमहरू , विभिन्न धार्मिक तथा ऐतिहासिक महत्व वोकेका स्थानिय पहिचानहरूमाथी सृखंलाबद्वरूपमा अतिक्रमण भईरहेको छ । लिम्बुवानको पानथरमा लिम्बु लिपिमा लेखिएको बोर्ड तथाकथित भिजिलान्ते लाएर भत्काउने प्रयास गरेको घटना र धर्मनिरपेक्ष मुलुकमा गोरू काटेकै नाममा झापाका एक मुश्लिम समुदायका युवामाथी प्रहरीद्वारा गोली हानी हत्या गर्नु राज्यको अपराधपूर्ण गतिविधि हो । यी पछिल्लो उदाहरणहरू मात्र पेश गर्दा पनि राज्य एकल उच्च जातिय पहाडी हिन्दु अहंकारवाद वाट संचालित देखिन्छ ।अहिलेको २१औं सताब्दीको यो युगमा त्यसप्रककारको अतिवाद सम्भव छैन , यो टिक्दैन र जनताले यसको प्रतिकार गर्नुपर्दछ । सबै खाले एकल जातिय अतिबादी चिन्तनबाट संचालित राज्यसत्ताको विरूद्वमा एकजुट हुन तमाम् न्यायप्रेमी , समानता चाहाने नेपाली समुदायमा हार्दिक अपिल गर्दछौ । साथै समानताको लागी , न्यायको लागी , लडिने सबैखाले लडाईहरूमा फिप्नाले सक्ने सबैखाले सहयोग गर्न तयार रहेको समेत जानकारी गराउदछौ । नेपालको आदिवासीहरूको संस्कृति नेपालको संस्कृति हो , यो नै नेपालको महत्वपूर्ण सम्पत्ति पनि हो ।
जय आदिवासी

————-
लोक चेम्जोङ
अध्यक्ष- फिप्ना

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ११ : ४० बजे