१४ मंसिर २०८०, बिहिबार | Thu Nov 30 2023

पर्यटन मन्त्रीद्वारा निगमलाई जहाज किन्न निर्देशन



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाली पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवाउपलब्ध गराउन आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल बायु सेवा निगमलाई निर्देशन दिएकाछन् ।

बुधबार मन्त्रालमा नेपाल बायुसेवा निगमका कार्यकारी अध्यक्ष र  विभागिय प्रमुखसँग संयुक्त बैठकमा मन्त्रालयमा बोलाई  मन्त्रीभट्टराईले सो सो निर्देशन दिएका हुन्  । उनले आन्तरिकतर्फ दुईबटा मात्र टुईनटर जहाज भएको र त्ससले माग धान्न नसेको साथै दुर्गभक्षेत्रमा सेवा प्रदान गर्न नसक्ने भएको बताउदै तत्काल खरिद योजना अघि बढाउन निर्देशन दिए । 

मन्त्री भट्टराईले नेपाल एयरलाईन्सलाई पब्लिक मोडलमा लैजानको लागि कुन समय उपयुक्त हुन्छ त्यसको खाका लगानी कोष, संचयकोष, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरी तयार गर्न भनेका छन् ।

 उनले नेपाल एयरलाईन्स ऐतिहासिक नेपाली ध्वजाबाहक एयरलाईन्स भएकोले यसको साख जोगाउने गरी काम गर्न निर्देशन दिंदै उनलेएयरलाईन्सको स्थिति सुधारको लागि आआफनो विभागबाट तत्कालिन र दिर्घकालिन योजना बनाएर अघि बढन आग्रह गरे । नेपालएयरलाईन्स ठूलो आर्थिक ऋणमा रहेकोले देशका विभिन्न २३ ठाँउमा रहेका अचल सम्पती (जग्गा) ब्यावसयिक उपयोग गरी निगमकोआर्थिक अवस्था सुधार गर्न समेत आग्रह गरेका छन् । 

मन्त्री भट्टराईले निगमलाई आर्थिक नोक्सान हुने कुनै पनि क्रियाकलापमा संलग्न  कर्मचारीलाई कारवाही गर्न अध्यक्ष सुशिलघिमिरलेलाई निेर्देशन दिए ।   

खर्च कटौतीका लागि विदेशमा रहेका कर्मचारी कटौती गर्न, बैठक भत्ता घटाउनुका साथै कर्मचारी, बोर्डका पदाधिकारी र अवकाशपाएका कर्मचारीले पाउने सुविधा बापतको टिकट ५० प्रतिशत कटौती गरर्नु पर्ने बताए । मन्त्री भट्टराईले जिएसए तोक्दा प्रतिस्पर्धी, क्षमतावान ऐजेन्सी छनौट गर्न तथा आवश्यक मापदण्ड बनाएर मात्र जिएसए तोक्नु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ५ : २४ बजे