काठमाडौंको निषेधाज्ञा खुकुलो, यस्तो छ कुन काम कसरी र कहिले गर्न पाउने तालिका

२०७७ भाद्र २४, बुधबार २०:०१

 

काठमाडौँ । उपत्यकामा तीन सातादेखि जारी निषेधाज्ञा खुकुलो पारिएको छ ।

बिहीबारदेखि निजी तथा सार्वजनिक सवारीका साधनहरु जोर बिजोर प्रणालीमा चलाउन पाइने भएको छ भने ट्याक्सीहरु पनि चल्नपाउने छ । सार्वजनिक सवारी १६ सिटभन्दा बढी क्षमता हुनु पर्ने छ ।।ट्याक्सीले ३ जनासम्म यात्रु चढाउन पाउने छ ।

काठनाडौंका प्रमुख जिल्ला अधिकारीहरुले छुट्टछुट्टै जारी गर्को आदेशअनुसार अब तरकारी, दुध तथा खाद्यवस्तुका पसलहरु बिहान ११बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ । यो आदेशमा काठमाडौंमा विभिन्न किसिमका पसलहरु कुनबार खोल्न पाइने भन्ने उल्लेख गरिएको छ ।

सपिङ मल, फेन्सी, जुत्ता, कस्मेटिकका पसलहरु स्वास्थ्य मापदण्ड अपनाइ सातामा सोमबार, बुधबार र शनिबारमात्र खोल्न पाइनेनिर्णय प्रशासनले गरेको छ । यस्तै, भाडा र भान्साका सामाग्रीका पसल आइतबार मंगलबार र शुक्रबार खोल्न पाइनेछ । यस्तै, फर्निचर रअटोमोबाइलका पसल सोमबार र बुधबारमात्रै खोल्न पाइनेछ ।

फुटपाथ, ठेला, स्टेसनरी, इलेक्ट्रिक्सका पसल र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म खोल्न पाइनेआदेश गरिएको छ ।