८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

जाँदा जाँदै कुलमानले क-कसलाई दिए धन्यवाद ?



काठमाडौं । अन्तत् विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङले विदा लिएका छन् । सोमबार कार्यकाल सकिएको घिसिङको पुननियुक्ति नभएपछि उनी विदा भएका हुन् ।

मंगलबार प्राधिकरणमा आयोजित विदाई कार्यक्रममा उनले ‘लोड सेडिङ’लाई इतिहासमा विलय गराइ दिएको बताएका छन् । उनले भनेका छन्, ‘सबैको साथ र सहयोगमा नै सम्झदै कहाली लाग्‍ने त्यो आँध्यारो युगलाई इतिहास बनाउँदै उज्यालो युग सुरुवात गर्न सफल भयौं ।’

लोड सेडिङ अन्त्य गरेको र अर्बौ घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याएको भन्दै धेरैले उनको पुननियुक्तिको माग गरेका छन् । तर मंगलबारसम्म पनि नभएपछि उनी विदा भएका हुन् ।

‘मैले जिम्मेवारी सम्हाल्दा लोडसेडिङको अन्धकारले मुलुक अक्रान्त थियो । वर्षात्को समयमा समेत ६ देखि ८ घण्टाको लोडसेडिङ व्यहोरिरहनु परेको र हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्नु पर्ने प्रक्षेपण थियो’ उनले आफ्नो विदाई मन्तव्यमा भनेका छन्, ‘प्राधिकरणको वित्तीय अवस्था अत्यन्त नाजुक थियो । प्राधिकरणको आव २०७२/७३ सम्ममा संचित घाटा रु.३४ अर्ब ६१ करोड पुगेको थियो भने सोही वर्ष ८ अर्ब ८९ करोड खुद नोक्सानी थियो । एकातर्फ कहालिलाग्दो अँध्यारोले मुलुक अक्रान्त थियो भने अर्कोतर्फ प्राधिकरणको घाटाको ग्राफ बढ्दो क्रममा थियो । प्रणालीमा वार्षिक विद्युत् चुहावट २५.७८ प्रतिशत थियो, करिब ६३ प्रतिशत जनता मात्रै ग्रीडको विद्युत पहुँचमा थिए । सरकारले मलाई दिएको मुख्य जिम्मेवारी पनि लोडसेडिङको अत्य गरी अँध्यारो युगलाई उज्यालो बनाउने र प्राधिकरणको सुधार गर्ने नै थियो ।’

कुलमानले के के भने ? क कसलाई धन्यवाद दिए ? पूर्ण विवरण

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ५ : ५१ बजे