नेपालमा प्रत्येक दिन लोडसेडिङले दैनिक जनजीवन अस्तव्यस्त भएको वेला ४ वर्ष अगाडी नेपाल प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङको नियुक्ति भएको थियो । कुलमानको कुशल व्यवस्थापन, ईमान्दार प्रयत्न , लगनशीलताका कारण नेपाली जनताले कल्पनै नगरेको लोडसेडिङ आफनो कार्यकालमा अन्त्य गरेका थिए । त्यसको साथै अरबौ घाटामा रहेको नेपाल प्राधिकरणलाई समेत वाषिर्क ११ अर्ब सम्म मुनाफामा पुर्याएर देशलाई निकै ठुलो योगदान दिएको छ । केही दिन अघि मात्र कुलमानको कार्यकाल समाप्त भएको छ । सरकारले पुनः नियुक्ति नगरेपछि सवैतिरबाट सरकारको गलत कार्यको विरोध हुदै आएको छ ।

विगतमा विभिन्न जलमाफियाहरू, दलालहरू, सोलार व्यापारी , ईन्भटर व्यापारी साथै ठूला सिमित व्यापारीहरूको चंगुलमा सरकार र प्राधिकरणका कर्मचारीहरूले देशमा लोडसेडिङ गरि जनतालाई अन्कारमा बस्न बाध्य पारेको थियो । प्राधिकरणको व्यवस्थापनलाई चुस्त राख्दै विधुत उत्पादन र प्रसारणवाटै राज्यले सम्मृद्वीको सुरूवात गर्नको लागी पनि कुलमान जस्तो कुशल प्रशासक राज्यलाई आवश्यक छ भन्दै सवैतिर आवजहरु निस्कने क्रममा न्युयोर्कबाट पनि नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना) को संयोजनमा नेपाली अमेरीकन समुदायको न्यूयोर्कमा प्रदर्शन गरीएको छ ।
फिप्नाको संयोजन र आव्हानमा ऐक्यवद्दता सभामा फिप्नाको तर्फवाट अध्यक्ष लोक चेम्जोङ, प्रवासी नेपाली एकता मन्चका अध्यक्ष टेक गुरूङ, नेपाली समाज अमेरीकाका अध्यक्ष समिर महर्जन, शेर्पा किदुग अमेरीकाका अध्यक्ष उर्गेन शेर्पा, एनआरएन न्यूयोर्क च्याप्टरका कोषाध्यक्ष सोभाकान्त पाण्डेले ऐक्यवद्दता मन्तव्य व्यक्त गरेका थिए । उक्त प्रर्दशनमा ऐक्यवद्दता व्यक्त गर्न फिप्नाका सदस्य सस्थाहरुको साथमा अन्य विभिन्न संघसस्थाका प्रतिनिधिहरु उपस्थित भएका थिए ।
तस्विर राम लिम्बु