१८ मंसिर २०८०, सोमबार | Tue Dec 5 2023

मदन पुरस्कार ‘महारानी’लाई, जगदम्बाश्री ठटाललाई



काठमाडौं मदन पुरस्कार २०७६ चन्द्रप्रकाश बानियाँले लेख्नुभएकोमहारानीउपन्यासलाई प्रदान गरिने भएको

मदन पुरस्कार गुठीको आज बसेको साधारणसभाले २०७६ सालमा प्रकाशित कृतिमध्ये ऐतिहासिक उपन्यासमहारानीलाई प्रदान गर्नेनिर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए

विसं २०७५ को मदन पुरस्कार पनि  योगेश राजको ऐतिहासिक उपन्यासरणहारलाई प्रदान गरिएको थियो मदन पुरस्कारका लागि१५१ पुस्तक प्राप्त भए पनि सात पुस्तक छनोटमा परेका थिए तिनमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साकोचक्रव्यूह, भुवन ढुङ्गानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु (खण्ड ), ललित विष्टको मोहपथ   शारदा शर्माकोयात्रामा कृति पनि  मदन पुरस्कार सूची २०७६ मा छनोटमा परेका थिए

यसैगरी सभाले गत दशकदेखि नेपाली गीतसङ्गीत क्षेत्रमा समर्पित रही विशिष्ट योगदान पुर्याएवापत गायिका तथा सङ्गीतकारशान्ति ठटाललाई २०७६ सालको जगदम्बाश्री पुरस्कार दिने निर्णय गरेको  

विसं २०७५ को जगदम्बाश्री पुरस्कार वैरागी काइँलालाई प्रदान गरिएको थियो

विसं २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलो पल्ट २०१३ सालदेखि मदन पुरस्कार दिन थालेको हो विसं २०१३ मा गद्यविधामासत्यमोहन जोशीकोहाम्रो लोकसंस्कृति’, चितरञ्जन नेपालीकोजनरल भीमसेन थापा तत्कालीन नेपालतथा बलराम जोशीकोअधिकविभक स्थिरविद्युत् उत्पादकलाई पुरस्कार प्रदान गरेको थियो

यस्तै २०४५ सालदेखि गुठीले जगदम्बाश्री पुरस्कार दिन थालेको हो सो पुरस्कार पहिलो पटक गायक तथा सङ्गीतकारनारायणगोपाललाई प्रदान गरिएको थियो

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ८ : ०४ बजे