न्युयोर्कमा शेर्पा समुदायले खरिद गरेको जग्गामा भूमि पुजा

२०७७ आश्विन ५, सोमबार २२:२३

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा बसोबास गदै आइरहेका शेर्पा समुदायले भविष्यमा शेर्पा बस्तीको परिकल्पनासहित न्युयोर्कको वालकिलमा आफनै जग्गा खरिद गरेको छ । कोभिढ १९ को लकडाउन अगाडि नै खरिद गरेको जग्गामा आइतबार विशेष पुजाका साथ भूमि पुजा ( सालुंग ) सम्पन्न भएको छ ।

किदुगका अवतारी लामा टुल्कुको नेतृत्वमा उपस्थित लामा गुरुहरुले धार्मिक परम्परा अनुसार भूमि पुजासंगै जग्गाको वरिपरिको रुखमा ध्वजापतका लुंदा टाॅगेर विश्व शान्तिको कामना गरेका थिए ।

न्युयोर्कबाट एक घण्टा २५ मिनेटमा पुगिने वालाकिलमा किदुगले ६१ एकड जग्गा खरिद गरेको छ । शेर्पा किदुगले प्रवासमा नेपाली समुदायमा समुदायिक भवनको आवश्यक्ता महसुस गरि न्युयोर्कको ज्याक्सनहाइटमा ७ वर्ष अघि शेर्पा गुम्बा स्थापना गरिसकेको छ ।

‘न्युयोर्कमा वर्षेनी ल्होसार ल्हाप्सो आयोजना गर्ने क्रममा शेर्पा समुदायले आफनै ल्हाप्सो गर्ने जग्गाको आवश्याक्त महसुस गरेदेखिको सोचले न्युयोर्कमा शेर्पा समुदायले खरिद गरेको जग्गामा भूमि पुजा गरी यो जग्गा खरिद गरेको हो ’ शेर्पा किदुगको शेर्पा कल्चर सेन्टर संरक्षक समितिका सयोजक पेम्बा गेल्जेन शेर्पाले भने ‘अब यो जग्गामा भविष्यमा ल्हाप्सो गर्ने स्थल मात्र होइन नेपालको लुम्बिनीको रुप दिने सोच रहेको छ ।’

उनका अनुसार २४ वटा घर बनाउन मिल्ने जग्गा छेउको ठुलो न्युयोर्कमा शेर्पा समुदायले खरिद गरेको जग्गामा भूमि पुजा गरी ठुलो क्षेत्रफलमा फैलिएको जंगल र मैदानमा भविष्यमा स्तुपा, ध्यान केन्द्र सहितको लुम्बिनीको रुपमा दिन लागेको छ ।

‘पुर्व कार्यसमितिहरुको सोच र योजना अनुसार न्युयोर्कमा ल्हाप्सो गर्ने स्थानसंगै शेर्पा बस्तीको परिकल्पान अनुसार जग्गा लिएको हो ’ शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पाले भने – ‘अबदेखि ल्होसार ल्हाप्सो कार्यक्रम गदै विस्तारै शेर्पा बस्ती र मिनि नेपालको अवधारण अगाडी बडाउने छौ ।’ उनका अनुसार कोभिडको कारण सिमित व्यक्तिहरुको उपस्थितिमा विशेष भुमी पुजा कार्यक्रम गरेको हो ।

सम्बन्धित समाचार