२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना, प्रतिस्पर्धी जो बाइडेनको रिपोर्ट नेगेटिभ



न्युयोर्क (एजेन्सी)। कोरोनाभाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएको छन् । ज्वरोआउनेलगायतका कोरोनाका सामान्य लक्षणहरु देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनलाई शुक्रबार राती वाल्टर रिड नेसनल सैनिक अस्पताल लगिएको हो । अस्पतालमा उनलाई थेरापीलगायतका उपचारका उपायहरुअपनाइएको छ । उनलाई विभिन्न औषधी मिश्रित खोप दिइएको चिकित्सकहरुले जनाएका छन् ।

उनको उपचारमा संलग्न डा. कनलीले जारी गरेको विज्ञप्तिका अनुसार सावधानी  अपनाउनका लागि रेजेनेरोन पोलीक्लोनल एन्टिबडीमिश्रणको ८ ग्राम’ खुवाएको हो । उक्त औषधी शरीरमा भाइरसको मात्रा घटाउन र छिटो सञ्चो बनाउन दिइएको उनको भनाई छ ।

राष्ट्रपति कार्यालयबाट अस्पतालतर्फ प्रस्थान गर्ने क्रममा उनले मास्क लगाएका थिए । उनी राष्ट्रपति कार्यालयबाट अस्पतालसम्महेलिकोप्टरमा गएका हुनि । अस्पताल जानुअघि उनले दिएको भिडियो सन्देशमा आफुले आराम नै महसुस गरिरहेको तर थप सुरक्षित रसुनिश्चित हुन अस्पताल जान लागेको बताएका छन् ।

अस्पताल पुगेपछि पहिलो ट्वीट गर्दै शुक्रबार राती उनले लेखेका छन्, “मलाई राम्रो भइरहेको छ, सवैलाई धन्यवाद छ । माया छ ।” अमेरिकामा राष्ट्रपति चयनका लागि निर्वाचन हुन गइरहेका बेलामा उम्मेदवार समेत रहनु भएका वर्तमान राष्ट्रपति ट्रम्प सङ्क्रमित भएकाहुन् ।  उनल् आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको शुक्रबार दिउसो एक बजे सार्वजनिक गरेका थिए ।

जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ

यसैबीच अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक तर्फका उम्मेदवार जो बाइडेनको कोरोना भााइरस जाँचको रिपोर्ट नेगेटिभआएको बताइएको छ ।

उनका चिकित्सक डा.केभिन कोनरले सो कुराको जानकारी दिएका हुन् । शुक्रबार जो बाइडेन र उनकी श्रीमतीको कोरोना रिपोर्ट नेगेटिभआएको जानकारी गराईएको हो ।

डा.केभिनले एक विज्ञप्ति प्रकाशन गरेर भनेका छन् –‘बाइडेन र उहाँका श्रीमतीको पिसिआर परीक्षणमा उहाँहरु दुवै जनामा कोरोनाभाइरसको संक्रमण देखिएन ।’ डा.केभिनको सो विज्ञप्तिपछि बाइडेनले आफ्नो ट्वीटर अकाउन्टमा भन्नेका छन्, ‘मेरी श्रीमती जिल र मेरोकोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ, हामीलाई खुशी लागेको छ ।’

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ९ : ०४ बजे