११ माघ २०८२, शनिबार | Sat Jan 24 2026

काॅग्रेस सांसदद्वारा प्रदेश ५ को सभामा तोडफोड



काठमाडौं प्रदेश नम्बर को प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले कुर्सीले हानेर टेबुल माइक तोडफोडगरेका छन्।

प्रदेश सभाको सोमबार दोस्रो पटक चलेको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम राजधानीबारेको प्रस्ताव छलफलका लागि पेस गर्न लाग्दा तोडफोड गरिएको हो

सुरुमा नाराबाजी प्रदर्शन गरिरहेका सांसदहरूले मन्त्री केसीलाई रोष्टम जान अवरोध गरे। कांग्रेस सांसदहरूबाट फुत्किएर रोष्टमपुगेका मन्त्री केसीले नामाकरण लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ बनाउने प्रस्ताव छलफलका लागि पेस गरे।

यतिञ्जेल विरोधमा नाराबाजी गरिरहेका कांग्रेस सांसद आफ्नो बस्ने कुर्सी छेउ पुगेर कुर्सी उचालेर तोडफोडमा उत्रिए।

प्रदेश को राजधानी दांगको देउखुरी भ्याली प्रस्ताव गरिएपछि सडक सदन दुबैतिर बिरोध भई रहेको

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ८ : ०२ बजे