काठमाडौँ । जुम्ल्याह जन्माउनुलाई सामान्य मानिन्छ, तिम्ल्याह जन्माईयो भने अनौठो नै मानिन्छ । एकै पटक चार सन्तान पनि दुर्लभ नैमानिन्छ ।
तर सोमबार थापाथलीस्थित प्रसूति गृहमा एक २८ वर्षिया युवतीले पाॅच सन्तान एकै पटक जन्माएका छन् । सोनिका तामाङले पाँच शिशुजन्माएकी हुन् । नुवाकोटकी उनको गर्भबाट सोमबार बिहान शल्यक्रिया गरी ५ शिशु निकालिएको हो ।
गर्भको आठ महिनामै सुत्केरी बेथा लागेपछि उनको आकिस्मक शल्यक्रिया गरिएको बताईएको छ । एक बच्चा मरेको र अन्य चार वटाभने जीवित नै रहेका छन् ।एउटा शिशु मृत भएकाले अन्य जीवित शिशुलाई असर गर्ला भनेर महिलालाई एक महिनाअघि देखि नैअस्पताल भर्ना गरेर निगरानीमा राखिएको थियो ।
गर्भको नौ महिना पुगेपछि शल्यक्रिया गरी सुत्केरी गराउने योजना भएपनि सोमबार बिहान उनलाई बेथा लाग्यो । चिकित्सकले तुरुन्तैशल्यक्रिया गरी सुत्केरी गराए ।
जन्मिएका सबै शिशु छोरी हुन् भने मृत छोरा थिए । शिशुहरुको तौल १.८, १.९, १.६ र ८०० ग्रामका छन् । जीवित जन्मिएकामध्ये तीनशिशुलाई अहिले अर्ब्जभेसनका लागि वार्डमा राखिएको छ भने कम तौल भएकालाई भने एनआईसीयू राखेर उपचार गरिएको छ ।आमाको स्वास्थ्य समान्य छ ।









