१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

एल्म्हर्ष्ट अस्पतालको कम्युनिटी एडभाईजरी बोर्डमा शाही नियुक्त


Ang

२४ आश्विन २०७७, शनिबार  

0
Shares

न्युयोर्क सिटी हेल्थ एण्ड हस्पिटल अन्तर्गतको एल्म्हष्ट अस्पताल क्विन्सको कम्युनिटी एडभाईजरी बोर्डमा नेपाली समुदायबाट मिलन कुमार शाही नियुक्ति भएको छ । शाहीलाई गत अक्टुबर ७, २०२० देखि प्रारम्भ हुने गरी दुई वर्षे कार्यकालको लागि नियुक्ति गरेको बोर्डले जनाएको छ ।

समुदाय र अस्पताल बीचको सम्बन्धलाई मजबुत बनाउन र उपलब्ध स्वास्थ्य सेवा सम्बन्धि जानकारी समुदाय माझमा पुर्याउनको लागि न्युयोर्कको स्थानीय सरकारले समुदायका अगुवाहरु मध्येबाट अस्पतालको बोर्डमा नियुक्ति गदै आएको छ ।

विभिन्न समुदायको तर्फबाट अस्पतालको बोर्डमा जम्मा २५ जनालाई नियुक्ति गर्ने प्रावधान अनुसार नेपाली समुदायबाट यसअघि लुइसाङ वाइवा र यादव बास्तोलालाई नियुक्ती गरेका थिए । समुदायको प्रतिनिधि अस्पतालको बोर्डमा नियुक्ति भए पश्चात नेपाली समुदायले अस्पतालबाट अधिकतम सुबिधा प्राप्त गर्न सफल भएको अस्पतालका बोर्ड सदस्य लुईसाङ वाईबा तामाङले बताएका छन । हाल एल्म्हर्ष्ट अस्पतालमा उपचारको क्रममा दोभाषे मार्फत नेपाली भाषा समेत प्रयोग हुने भएकोले आम नेपाली समुदायको निम्ति स्वास्थ्य सेवा लिन अत्यन्तै सजिलो भएको उनले बताए ।

मिलन कुमार शाही नेपालको रुपन्देहीको छपियामा जन्मिएर सन २००३ सालमा डिभी मार्फत उज्ज्वल भबिष्यको खोजीमा सपरिवार अमेरिका प्रवेश गरेका थिए । रिजवुड नेपाली समाजमा डेढ दशक भन्दा बढी सेवा पुर्याएका शाही रिजवुड नेपाली समाजका सचिब हुदै उपाध्यक्षको जिम्मेवारी सम्हालीसकेका न्युयोर्कका सक्रिय सामजिक अभियन्ता हुन । समाज सेवालाई आफनो कर्तब्यको रुपमा लागि परिरहने शाही हाल दर्शन ठकुरी समाज न्युयोर्कका अध्यक्ष पनि हुन । लामो समयदेखि न्युयोर्कमा ब्यापार ब्यवसाय गर्दै आएका उनी रियल्टर समेत हुन ।

 

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ८ : २३ बजे