नेपाल सरकारले परराष्ट्र मन्त्रालयको प्रस्ताव अनुसार अमेरिकाका विभिन्न राज्यका लागी यस अघि नियुक्त गरेका ४ जना अबैतानिक बाणिज्यदूतहरुलाई पुन नियुक्ती गरेको छ ।
नियुक्ती हुनेहरुमा वाशिंगटन राज्यको सियाटलमा अवैतनिक बाणिज्यदूत पदमा कार्यरत एसी शेर्पा, मेरिल्याण्ड राज्यमा अवैतनिक महाबाणिज्यदूत पदमा कार्यरत प्रेम राजा महत, इलोनोइस राज्यका लागि अवैतनिक महाबाणिज्यदूत पदमा कार्यरत मरभिन ए ब्रसटिन र ओहायो राज्यमा कार्यरत अवैतनिक बाणिज्यदूत मेरी सी क्यारोललाई थप ४ बर्ष कार्यकाल थप्ने निर्णय मन्त्रिपरिषदले गरेको छ । सरकारको गत असोज १९ गते बसेको मन्त्रि परिषदले उक्त निर्णय गरेको परराष्ट्रमन्त्रि प्रदीप ज्ञवालीले जानकारी दिएको छ ।
यसैगरी अवैतनिक वाणिज्यदूतसम्बन्धी (पाँचौँ संशोधन) नियमावली, २०३९ मा भएको व्यवस्थाबमोजिम केही अवैतनिकमहावाणिज्यदूतको पदावधि थप गरिएको छ । इरानको तेहरानमा कार्यरत अवैतनिक महावाणिज्य दूत शाहरम शान्तियाइ, मलेसियाकोसेलेङ्गार शहरमा कार्यरत अवैतनिक वाणिज्यदूत तोयो स्वी लेङ, इण्डोनेसियाको जाकार्तामा कार्यरत अवैतनिक वाणिज्यदूत बल्लीसुपुत्र जनो सती, इजरायलको हाइफा र वीरशेभा शहरमा कार्यरत अवैतनिक वाणिज्यदूत क्रमशः निमरड वर्ग र इयान नीरको पदावधिआगामी चार वर्षका लागि थप गर्ने निर्णय गरिएको छ ।
यसैगरी बेल्जियमको फ्ल्याण्डर्स क्षेत्रमा इन्ग्रिड सेस्टर्स–ल्युटेनलाई आगामी चार वर्षका लागि अवैतनिक नेपाली वाणिज्यदूतमा नियुक्तगर्ने, ग्रीसको एथेन्स शहरमा अवैतनिक वाणिज्यदूतमा कार्यरत इम्मानोइल काराभेलाकिसको पदावधि आगामी चार वर्षलाई थप गर्ने रनिजलाई महावाणिज्यदूतमा पदोन्नति गर्ने निर्णय भएको छ । यस्तै लेबनानको बेरुत शहरमा अवैतनिक वाणिज्यदूतमा कार्यरत एलशेखमोहमद वासम गोजायललाई प्रशंसनीय कार्य गर्दै आइरहेकाले महावाणिज्यदूतमा पदोन्नति गर्ने निर्णय भएको छ ।