टिपिएसवाहक नेपालीहरुसंगको सर्भेक्षणले अमेरिकी अर्थतन्त्र र समाजमा योगदान पुर्‍याएको रिर्पोट

२०७७ कार्तिक ६, बिहीबार ०१:४०

अमेरिकामा टिपिएस पाएका नेपालीहरुले अमेरिकी अर्थतन्त्रमा योगदान पुर्‍याएको हालै गरेको सर्वेक्षणले देखाएको अधिकारले जारी विज्ञाप्तीमा जनाएको छ । यूनिभर्सिटी अफ क्यालिफोर्निया, सान डिएगोको युएस इमिग्रेसन पोलिस सेन्टर, मानव अधिकार र समाजिक न्यायका लागि अधिकार र सेन्टर फर अमेरिकन प्रोग्रेसको संयुक्त पहलमा भएको सर्वेक्षणको रिपोर्टले देखाएको जनाएको छ । नेपाली टिपिएसवाहकहरुको बसाईं र जिन्दगीबारे गरेको अध्ययनको आधारमा सर्भेक्षण गरेको थियो । राष्ट्रिय सर्वेक्षणले अमेरिकाको ३१ वटा राज्य र प्रदेशहरुमा बसोबास गर्ने ३ सय ७२ जना नेपाली टिपिएस वालाहरुलाई समेटेको थियो । जसमा फोन मार्फत गरिएको उक्त सर्वेक्षण जुन २३, २०२० देखि अगस्ट ३, २०२० सम्म संचालन गरिएको थियो।
यो सर्वेक्षणको नतिजाले अधिकांश नेपाली टिपिएसवाहकहरुले यदि नेपाल फर्कन वाध्य भएमा आफनो सुरक्षाको धेरै चिन्ता गर्छन । अत्याधिक संख्या (८१.५ प्रतिशत) ले यदि मैले नेपाल फर्कन पर्यो भने मलाई मेरो र मेरो परिवारको सुरक्षाबारे चिन्ता लाग्छ’ भन्ने वाक्य प्रति सहमत या अत्याधिक सहमत जनाएका थिए । यो सर्वेक्षणमा प्रतिकृया दिनेहरु मध्ये अमेरिकामा जन्मेका बालबच्चा भएकाहरुमा यो हिस्सा ८५.५ प्रतिशत सम्म पुगेको थियो ।

सन २०१५ देखि अमेरिकामा रहेका करिब १४,८०० नेपालीहरुलाई टिपिएस मार्फत काम गर्ने अनुमति पत्र पाउनुको साथै उनीहरुलाई देश निकाला हुनबाट बचाएको छ । कोरोना भाईरसको संक्रमणको दौरानमा गरिएको सो सर्वेक्षणको समयमा ट्रम्प प्रशासनले नेपाल लगायत अन्य देशहरुको टिपिएस अन्त्य गर्ने निर्णयको विरुद्ध केहि अदालती मुद्दाहरु (जस्तै निल्सन विरुद्ध भट्टराई) हरु पनि यथावत थिए । सर्भेक्षणको क्रममा टिपिएस नभएमा के गर्ने भनेर कति सोंच्नु हुन्छ? भन्ने प्रश्नमा ६८.७ प्रतिशतले दिनमा एक पटक या सो भन्दा बढी भनेर जवाफ दिएका थिए । ५४.३ प्रतिशतले दिनमा एक पटक या सो भन्दा बढी देश निकालामा परिने कुरा सोंच्ने जनाएका थिए भने ४१.४ प्रतिशतले दिनमा एक पटक या सो भन्दा बढी समय आफनो परिवारबाट छुटिनु पर्ने कुरा बारे सोंचमा पर्ने जनाएका थिए । ४५.९ प्रतिशतले आफनो बालबच्चा हुर्केको आफुले हेर्न नपाउने बारे चिन्ता लाग्ने जनाएका थिए भने, अमेरिकामा जन्मेका बालबच्चा भएकाहरुमा यो संख्या ६६.१ प्रतिशत सम्म पुगेको थियो ।

यो सर्वेक्षणको तथ्याङकले टिपिएसले समावेशिता, आधिकारिकता र अवसरहरुमा बढाव दिने उल्लेख गरेको छ । टिपिएसले गर्दा म अमेरिकाको हु भन्ने भावनामा बढाव दिन्छ भन्ने वाक्यमा प्रतिकृया दिनेहरु मध्ये ८४.९ प्रतिशतले सहमत या अत्याधिक सहमत जनाएका थिए । टिपिएसले गर्दा मलाई मेरो आफनो सुरक्षा र भलाईको कम चिन्ता लाग्छ भन्ने वाक्यमा ९०.४ प्रतिशतले सहमत या अत्याधिक सहमत जनाएका थिए । टिपिएसले गर्दा मलाई मेरो परिवारको सुरक्षा र भलाईको कम चिन्ता लाग्छ भन्ने वाक्यमा ८५ प्रतिशतले सहमत या अत्याधिक सहमत जनाएका थिए । त्यस्तै २७.२ प्रतिशतले टिपिएस पाएपछि आफू राजनैतिक शिक्षामा पनि बढी सकृय भएको बताएका थिए । सर्भेक्षणमा करिब ३८ प्रतिशतले स्नातक तह या सो भन्दा माथिको डिग्री भएको बताए

टिपिएसले गर्दा मैले पहिले पाउन नसकेको शिक्षाका अवसरहरुको फाईदा उठाउन सकें भन्ने वाक्यमा ४७.९ प्रतिशतले सहमत जनाएका थिए । नेपाली टिपिएस वालाहरुले अमेरिकी अर्थ तन्त्रमा योगदान पुराई रहेका छन् । ति मध्ये धेरै जनाले कोभिड(१९ को संक्रमणकालमा डाक्टर, नर्स, ग्रोसरी पसलका कामदार, रेस्टुरेन्ट कामदार, तथा डेलिभरी र प्याकेजिङ्क जस्ता क्षेत्रमा अग्रपंतिमा अति आवश्यक कामदारका रुपमा काम गरेका थिए । यस अर्थमा , नेपाली टिपिएस वालाहरुलाई अमेरिकी अर्थ तन्त्रमा योगदान गरि राख्नको लागि उनीहरुको काम गर्ने अनुमति पत्रले महत्वपूर्ण भूमिका खेल्ने भनिएको छ । सर्वेक्षणको अन्य निष्कर्षमाः ९१.७ प्रतिशतले टिपिएस पाए पछि काम गर्ने अनुमति पत्र पाएका थिए ।

सन् २०१५ को महाभुकम्प अगाडीदेखि नै अमेरिकामा काम गरि रहेका जवाफदेहिहरु मध्ये ९४.३ प्रतिशतले टिपिएसले गर्दा काममा निरन्तरता पाएको बताए । ‘ टिपिएसले गर्दा मैले अझ धेरै पैसा कमाउन सफल भए’ , जसले गर्दा मेरो परिवारलाई आर्थिक सहयोग मिल्या भन्ने वाक्यसंग ७६.७ प्रतिशतले सहमत जनाएका थिए । ६२.७ प्रतिशतले ‘ टिपिएसले गर्दा मैले मेरो शिक्षा र तालिम मुताविकको काम पाउन सफल भए’ भनेका थिए । त्यस्तै ५९.१ प्रतिशतले टिपिएस पाएपछि अमेरिकामा बैंकमा खाता खोलेको बताए । ३१.२ प्रतिशतले गाडी किनेको बताए । ४.६ प्रतिशतले घर किनेको बताए । कोभिड १९ को संक्रमणले सबै अमेरिकनहरुलाई जस्तै नेपाली टिपिएस वालाहरुलाई पनि नकारात्मक असर पारेको छ । २५ देखि ६५ वर्ष उमेर भएका प्रतिकृया दिनेहरु मध्ये ७०.४ प्रतिशतले हाल रोजगारमा रहेको बताएतापनि, ५८ प्रतिशतले संक्रमणको कारणले कामको समय घटेको बताए ।

बेरोजगार हुनेहरु मध्ये ६०.९ प्रतिशतले संक्रमणको कारणले गएको तीन महिना भित्र जागिर गुमाएको बताएका थिए । बेरोजगार हुनेहरु मध्ये, ११.९ प्रतिशतले आफनो घर परिवारको कसैले पनि संधिय सरकारले बाडेको राहतको चेक नपाएको बताएका थिए । २४.५ प्रतिशतले संक्रमणको कारणले घर भाडा या घरको किस्ता तिर्न गाह्रो भएको बताएका थिए । प्रतिकृया दिनेहरु मध्ये ३.५ प्रतिशतले घर निकालाको घम्कीको सामना गर्नु परेको बताएका थिए । त्यस्तै गत तीन महिना भित्रमा जागिर गुमाउनेहरुमा भने यो दर बढेर ४.५ प्रतिशत पुगेको छ । यूनिभर्सिटी अफ क्यालिफोर्निया, सान डिएगो युसिएसडिका राजनैतिक शास्त्रको सहप्राध्यापक तथा सोहि विश्वविद्धालयको युएस इमिग्रेसन पोलिसि सेन्टरका संस्थापक निर्देशक, तथा सेन्टर फर अमेरिकन प्रोग्रेसका सिनियर फेल्लो टम के. वङका अनुसार नेपाली टिपिएस वालाहरुको बारे यतिको व्यवस्थित सर्वेक्षण भएको शायद यो पहिलो पटक हो । यसको डाटाले टिपिएसले नेपाली टिपिएस वालाहरुलाई सुरक्षित बनाउन निकै महत्वपूर्ण भूमिका खेलेको कुरा छर्लङ्ग पारेको बताएको जनाएको छ ।

अधिकारकी कार्यकारी निर्देशक पवित्रा खाती बेन्जामिनले हाम्रो समुदाय र यो देशको हालको जोखिमपूर्ण परिस्थितिमा नेपाली टिपिएस वालाहरुको बारे यस्तो किसिमको पहिलो रिपोर्टको सार्वजनिक गर्न पाउदा गर्व लागेको बताएकी छिन । देशभरि छरिएर बसेका नेपाली टिपिएस वालाहरुले आफनो जीवनीको लागि यहा लगानी गरेका छन्, परिवारहरु बसालेका छन्, घर किनेका छन्, अनि अमेरिकामा आफनो भविष्यको परियोजना बनाएका उनले बताएकी छिन । सन् २०१५ देखि अधिकारले टिपिएस र यसबाट लाभान्वित करिब १५,००० नेपालीहरु र उनीहरुको बालबच्चा र परिवारहरुको सुरक्षाको लागि लढदै आएका छन । सेन्टर फर अमेरिकन प्रोग्रेस टोलिकी सहनिर्देशक सिल्भा माथेमाले टिपिएसले आफनो जीवन बनाउने र समुदायमा योगदान पुर्याउने अवसर दिएर नेपाली टिपिएस वालाहरुलाई जीउनको आधार उपलब्ध गराएको बताएकी छिन । त मध्ये कतिपय अत्यन्तै आवश्यक कामदारहरु पनि छन ।  नेपाली समुदायको लागि टिपिएसको सुरक्षा गर्नु कतिको महत्वपूर्ण र फाईदाजनक छ भन्ने तथ्यलाई साबित गर्ने गरिएको ऐतिहासिक रिेपोर्टको लागि सर्भेक्षणमा सक्रिय सस्थाहरुलाई अमेरिकी कँग्रेसकी सदस्य ग्रेस मेङ्ले बधाइ दिएकी छिन । टिपिएस ले नेपालीहरुलाई काम पाउन आफनो समुदायमा योगदान पुर्याउन र यो देशको शोभा बढाउन मद्दत गरेको काग्रेस सदस्य ग्रेसमिङले बताए ।

सम्बन्धित समाचार