न्युयोर्क । अमेरिकाले शुक्रबार ८० हजार भन्दा बढीमा कोरोनाभाइरस संक्रमण देखिएको छ । यो महामारी सुरु भएपछि सबैभन्दा उच्चदैनिक घटना संख्या हो ।
देशभरि बढ्दो अस्पताल भर्ना हुनेहरुको संख्या बढेको र दैनिक मृत्यु हुनेको संख्या पनि बढेको भन्दै विज्ञहरूले सबैभन्दा खराब अवस्थाआउन बाँकी नै रहेको चेतावनी दिएका छन् ।
युएस सर्जन जनरल डा. जेरोम एडम्सले शुक्रवारदेखि असपताल भर्ना हुनेको संख्या ७५ प्रतिशत बढेको उल्ले ख गर्दै केही हप्तामा मृत्युपनि बढ्न थाल्ने चेतावनी दिएका छन् ।









