३० माघ २०८२, बिहिबार | Fri Feb 13 2026

इन्स्टाग्रामबाट चार घण्टा लाइभ गर्न मिल्ने



वासिङ्टन (एजेन्सी) फोटोहरु राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने भएको

यसअघि एक घण्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकामा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने व्यवस्था गर्न लागिएको सोकम्पनीले घोषणा गरेको

थप गर्न लागिएको सेवा इन्स्टाग्रामका सबै प्रयोगकर्ताहरुले विश्वभर जुनसुकै ठाउँबाट पनि प्रयोग गर्न पाउने भएका छन्

नयाँ व्यवस्थाले विशेष गरेर योगा गीतसंगीत आदिको भिडियो लाइभ गर्न चाहने, कलाकार, पकाउने कार्यमा संलग्नहरुलगायतलाईफाइदा हुने अपेक्षा गरिएको

त्यस बाहेक लामो भिडियो बनाउन मिल्ने कार्यमा लागेकाहरु वा त्यस्तो प्रसारण गर्न चाहनेहरुलाई उपयोगी हुने कम्पनीकाअधिकारीहरुले विश्वास व्यक्त गरेका छन्

तपाइँको भिडियो आर्काइभमा राख्न सकिन्छ, त्यो तीस दिनसम्म मात्रै रहन्छ, आर्काइभमा भएको बेलामा तपाइँले मात्रै हेर्न सक्नुहुन्छ,” इन्स्टाग्रामद्वारा जारी वक्तव्यमा उल्लेख

आर्काइभमा भएको भिडियोलाई डाउनलोड गरेर आफ्नो डिभाइसमा राख्न पनि मिल्ने व्यवस्था गरिएको

इन्स्टाग्रामले यो विषेशता अहिले नै लागु भइनसकेको चाँडै नै लागु हुने पनि जानकारी दिएको

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ९ : ०३ बजे