४ असार २०८२, बुधबार | Thu Jun 19 2025

ट्रम्पले डा. एन्थोनी फाउचीलाई निस्कान गर्लान्



न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारको निर्वाचनबाट आफु पूनः राष्ट्रपतिमा निर्वाचित भएमा सङ्क्रमण रोग विज्ञ डा. एन्थोनी फाउचीलाई जिम्मेवारीबाट हटाउने संकेत गरेका छन् ।

सङ्क्रमण रोग न्युनिकरण, नियन्त्रण र व्यवस्थापनसम्वन्धी देशको उच्च जिम्मेवारीमा रहेका फाउचीलाई उनको यो संकेतले तरंग पैदा गरेको छ । कोरोना भाइरसका सम्बन्धमा अमेरिकामा राष्ट्रपति ट्रम्पलाई भन्दा डा. फाउचीलाई विश्वास गर्ने सर्वेक्षणहरुले देखाएको छ ।

अमेरिका व्यापक कोरोनाको सङ्क्रण अत्यन्त उच्च बनेको वेला नै लामोसमयदेखि संक्रमक रोगका बारेमा अन्भव संगालेका बिशेषज्ञलाई हटाउने चेतावनी राष्ट्रपतिले दिएका हुन् ।

गत वसन्त ऋतुदेखि नै फैलिएको महामारी नियन्त्रण तथा व्यवस्थापन गर्न राष्ट्रपति ट्रम्प असफल भएको र त्यसमा डा फाउचीको कुरालाई उनले वेवास्ता गर्ने गरेको आरोप लाग्दै आएको थियो ।

डा फाउचीले अमेरिकामा सङ्क्रमण फैलिन नदिन वा सचेतना गर्न र व्यवस्थापन गर्न आफ्नो तर्फबाट सक्दो प्रयासहरु गर्दै आएको भन्दै कतिपयले उनको प्रशंसा गर्ने गरेका छन् ।

कोरोनाभाइरसका कारण अमेरिकामा अहिलेसम्म कम्तीमा दुई लाख ३१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

फ्लोरिडामा आयोजना गरिएको चुनावी कार्यक्रममा सम्वोधन गर्नेक्रममा राष्ट्रपति ट्रम्पले डा फाउचीप्रति असन्तुष्टि व्यक्त गर्दै सङ्क्रमण र त्रास फैलिनुमा डा फाउची पनि दोषी रहेको आरोप लगाए । उनका समर्थकहरुले भने डा फाउचीलाई हटाउन नारा लगाएका थिए ।

चुनावी कार्यक्रममा आफ्ना समर्थकहरुले डा फाउचीलाई निस्कासन गर्नुपर्ने माग उठाउँदै नारा लगाएपछि राष्ट्रपति ट्रम्पले चुनावी पछि केही दिन पर्खन भनेका हुन् ।

“यस बारेमा मलाई अरु केही भन्नु पर्दैन, केवल निर्वाचनसम्म पर्खिनुस्, निर्वाचन सकिएपछि मैले तपाईहरुको सुझावलाई कार्यान्वयन गर्नेछु,” उनले आफ्ना हजारौँ समर्थकहरुलाई जवाफ फर्काएका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ११ : ५४ बजे