१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

नेपालमा विपत्तिको बेला सहयोगी बने शेर्पा संघ अमेरिका


Ang

१८ कार्तिक २०७७, मंगलबार  

0
Shares

अमेरिकामा रहेका शेर्पाहरुको सस्था शेर्पा संघ अमेरिकाले नेपालमा कोरोना संक्रमणको बेला आर्थिक समस्यामा परेकाहरु तथा अबिरल बर्षाले गएको बाढी पहिरोमा परी घरबार बिहिनहरुको सहयोगको लागी नेपाल शेर्पा संघसंगको समन्वयमा विभिन्न जिल्लामा राहत तथा आर्थिक सहयोग बितरण गरेको जनाएको छ ।

संघले नेपालमा दुख पाएकोहरुको सहयोगको नेपाल शेर्पा संघलाई अमेरिकाबाट २८ लाख १५ हजार ६ सय ७५ रुपैयाको पठाएको हो । संघले विभिन्न जिल्लाहरुमा सहयोग गर्ने क्रममा सिन्धुपाल्चोक, संखुवासभा र डोरपाटनका २ सय ४ घरपरिवार बाढी पीडितलाई आर्थिक सहयोग, उपचार गर्न आर्थिक समस्या भएका ८ जना क्यान्सर रोगी, ८ जना मृगौला रोगी , ३ जना मुटु रोगी, ३ जना क्ष्ँयरोगी २ जना घाईते जनालाई आर्थिक सहयोग गरेका छन ।

त्यस्तै चितवनको चेपाङ बस्ती, सिराहाको दलित बस्ती र खोटाङको मुडेमा १ सय ४० परिवारलाई राहत बितरण, हिमाल अरोहीहरुलाई राहतको लागि सगरमाथा आरोही संघ नेपाललाई आर्थिक सहयोग गर्नुका साथै काठमाडौमा शेर्पा विद्यार्थी संघले सडकका मानिसहरुलाई खाना खुवाउने कार्यक्रममा आर्थिक सहयोग गरेको शेर्पा संघ अमेरिकाका बरिष्ठ उपाध्यक्ष एवम् राहत समितिका संयोजक ल्हाक्पा देन्डी शेर्पाले जानकारी दिएको छ ।

‘ नेपालमा दुख भोग्नु परेको वास्तबिक पीडितलाई सस्थागत रुपबाट सहयोग गर्न पाउदा खुशी लागेको छ’ शेर्पा संघ अमेरिकाको अध्यक्ष निमा शेर्पाले बताए । संघको अभियानमा सहयोग गर्नु हुने सबैलाई अध्यक्ष्ँ शेर्पाले धन्यवाद दिएको छ । पछिल्लो समय नेपालमा बिपति पर्दा बिदेशबाट ठुलो रकम राहत सहयोग गर्ने सस्थाको सुचिमा शेर्पा संघ अमेरिका पनि पर्दछ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  १० : ५४ बजे