१२ मंसिर २०८०, मंगलबार | Wed Nov 29 2023

राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान



काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीकोदर्जा प्रदान गरेकी छन् राष्ट्रपति भवन शीतल निवासमा बिहीबार अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले उनलाईनेपाली सेनाको महारथीको दज्र्यानी चिह्न, खड्ग तथा प्रमाणपत्र प्रदान गरेकी हुन्

संवैधानिक व्यवस्थानुसार राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन् नेपाल भारतीय सेनाबीच एकअर्का देशका सेनापतिलाईमानार्थ महारथी  प्रदान गर्ने परम्परा रहिआएको   नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे१८औँ सेनापति हुन्

समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मीराज पाण्डे नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायतउपस्थित थिए प्रधान सेनापति  थापाको औपचारिक निमन्त्रणामा चार सदस्यीय भ्रमण दलका साथ भारतीय सेनाध्यक्ष नरवणे बुधवारयहाँ आएका हुन्

कालापानी, लिपुलेक लिम्पियाधुराका विषयमा दुई देशबीच उत्पन्न असहज परिस्थितिको सुधारका लागि उनको भ्रमण फलदायी हुनेअपेक्षा गरिएको नेपाली सेनाले उनको भ्रमणलाई दुवै सेनाबीचको परम्परागत सम्बन्धको निरन्तरताका रुपमा लिइएको जनाएको   प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सेनाध्यक्ष नरवणेले शुक्रबार शिष्टाचार भेट गर्नेछन् नेपालको तीनदिने औपचारिक भ्रमणपूरा गरी सेनाध्यक्ष नरवणे शुक्रबार नै स्वदेश फर्कदैछन्

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  ७ : २३ बजे