११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

बाईडेन अमेरिकी राष्ट्रपतिको जीत नजिक, जर्जियामा पनि अगाडि



न्युयोर्क । डेमोक्र्याट जो बाईडेनले जर्जियामा पनि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उछिनेका छन् । शुक्रबार बिहानसम्म, बाईडेनले रिपब्लिकनको गढ मानिएको जर्जियामा पनि ट्रम्पलाई पछाडि पारेको हो । दुई प्रतिस्पर्धीबीचको मतान्तर ९१७ भोट रहेको छ ।

एसोसिएटेड प्रेसका अनुसार अझै हजारौं मतपत्रहरु गणना गर्न बाँकी छ । अहचब गनिने धेरै काउन्टीहरुमा पूर्व उपराष्ट्रपतिले लीड गर्ने अनुमान गरिएको छ । त्यसमा धेरै मेल ईन भोट रहेका छन् ।

जर्जियाको कानून अनुसार यदि बिडेन र ट्रम्पको बीचको अन्तर आधा प्रतिशत बिन्दु अन्तर्गत छ भने, पुन: गणना अनुरोध गर्न सकिन्छ।

जर्जियामा पनि बाईडेन अगाडि पुगेपछि राष्ट्रपतिमा उनको बिजय अझ नजिक पुगेको छ । फक्स न्युज र एपीले यसअघि नै बाईडेको पक्षमा २६४ ईलेक्ट्रोरल मत पुगेको बताई सकेको छ ।

यसअघिदेखि नै ६ मत रहेको नोभडमा पनि बाईडेनले लीड गरिरहेका छन् । जित्नको लागि २७० मत चाहिनेमा जर्जिया पनि जितेमा १६ मत थपिने छ ।

डेमोक्रयाटहरुले पेन्सल्भानियमा पनि बाईडेनले लीड गर्ने अपेक्षा राखेका छन् । जहा अझै ट्रम्प १८ हजार मतले अघि छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ७ : ०४ बजे