न्युयोर्क । राष्ट्रपतिमा निर्वाचित जो बिडेनले आफ्ना मन्त्रिपरिषद्का लागि केही प्रमुख नियुक्तिहरु घोषणा गरेका छन् । वाइडेनको यो नियुक्ति अमेरिकी इतिहासमै समावेशी भएको भन्दै तारिफ गरिएको छ ।
वाइडेनको जारी गरेको सूचि अनुसार एन्टनी ब्लिन्केन विदेश मन्त्री र एलेजान्ड्रो मयोरकासलाई होमल्याण्ड सुरक्षा मन्त्रीमा नियुक्ति गरिएको ट । दुवै जना आफ्नो क्षेत्रमा विज्ञ र अनुभवि मानिन्छन् । मेयोरकास पहिलो ल्याटिनो तथा आप्रवासी हुन् होमल्याण्ड सुरक्षाको जिम्मा पाएका छन् ।
त्यसैगरी बाइडेनले राष्ट्रिय इन्टेलिजेन्सको निर्देशक एभ्रिल हेनेसलाई छनौट गरेका छन् । उनी गुप्तचरी समुदायको नेतृत्व गर्ने पहिलो महिला हुन् । उनी यसअघि सोही विभागका उपनिर्देशक भइसकेका व्यक्ति हुन् ।
पूर्व विदेश मन्त्री जोन केरीलाई बाइडेनले जलवायु परिवर्तन सम्बन्धी विशेष दुतमा नियुक्त गरेका छन् । यस मामिलामा उनको दखल भएको र ट्रम्प भन्दा अघिको ओवामा कार्यकालमा उनको यस सम्बन्धमा बिशेष भूमिका रहेको बताइएको छ । यसअघि लिन्डा थोमस ग्रिनफिल्डलाई बाइडेनले संयुक्त राष्ट्रसंघकालागि दूत नियुक्त गरेका थिए ।
वाइडेनका यि नियुक्तिहरु समावेशी मात्र छैनन्, ट्रम्प प्रशासनले लिएका नीतिहरुको विपरित नीतिगत निर्णय गर्न सक्ने खालका पनि छन् ।
ट्रम्प प्रशासनले अमेरिका फष्टको नाराका साथ आफ्ना बैदेशिक मित्रहरुलाई चिढ्याएको, राष्ट्र संघका आफ्नो भूमिका खुम्च्याएको तथा जलवायु परिवर्तनका अन्तर्राष्ट्रिय सम्झौताहरुबाट पछि फर्केको वाइडेन र यो टीमले विश्वास लिएको छ भने त्यसलाई उल्ट्याउने बताउँदै आएको पनि छ ।