२४ कार्तिक २०८१, शनिबार | Sun Nov 10 2024

बाइडेनले ह्वाइट हाउसको सञ्चार टोलीमा सबै महिला नियुक्त गरे



वासिङ्टन (एजेन्सी) । अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले ह्वाइट हाउसको संचार टोलीका सदस्यहरु सबै जना महिला हुने घोषणा गरेका छन् ।

पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबाको प्रशासनमा विदेश मन्त्रालयको प्रवक्ता रहेकी जेन साकीलाई ह्वाइट हाउसको प्रेस सचिव नियुक्त गरिएको छ ।

बाइडेनले आफूले ह्वाइट हाउसको संचार टोलीका सबै सदस्यमा महिलाहरुलाई नियुक्त गर्न पाएकामा आफूलाई निकै खुशी र गर्व लागेको बताएका छन् । उनीहरु सबै योग्य, अनुभवी संचार विज्ञ रहेको बताउँदै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले डेमोक्रेटिक पार्टीको प्रतिबद्धतालाई कामबाटै प्रतिबिम्बित गर्न चाहेको बताए ।

बाइडेनको संचार टोलीको नेतृत्व भने केट बेडिङफिल्डले गर्ने छन् । उनले ह्वाइट हाउसको संचार निर्देशकको रुपमा भूमिका निर्वाह गर्ने छन् । बेडिङफिल्डले बाइडेन–ह्यारिस चुनाव प्रचार अभियानको उपप्रचार व्यवस्थापकका रुपमा काम गरेका थिए ।

उनले ह्वाइट हाउसको संचार निर्देशकका रुपमा सेवा गर्ने अवसर प्रदान गरेकोमा बाइडेन र ह्यारिस दुबैलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ३ : ३५ बजे