१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

काठमाडौँको तापक्रम शून्य डिग्रीतिर



 

काठमाडौँ । काठमाडौँको न्यूनतम तापक्रम बिहीबार शून्य दशमलव ८ डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै यस वर्षकै बढी चिसो महसुस गरिएको छ । काठमाडौँसहित देशभर चिसो बढेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियस थियो । काठमाडौँ उपत्यकाको तापक्रम अबका केही दिन निरन्तर घट्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । उपत्यकाको तापक्रम माइनसमा पुग्ने सम्भावना भने कमै छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ दशमलव ६ डिग्री सेल्सियस छ । त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८ दशमलव ५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम ८ दशमलव २ डिग्री सेल्सियस छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ५ : १० बजे