काठमाडौँ । पछिल्लो केही दिनयता काठमाडौंको वायु प्रदूषणको मात्रा अत्यधिक बढेको छ । बिज्ञहरुले अतिआवश्यक काम भए मात्र बाहिर निस्कन नत्र घरमै बस्न आग्रह गरेका छन् ।
आईक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४३७ पुगेको छ । जवकी यसलाई तीन सयभन्दा बढी गए संकटकाल घोषणा गर्ने सरकारी नीति रहेको छ ।
विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको बताइएको छ । दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, तेस्रो नम्बरमा पाकिस्तानको कराँची, चौथोमा चीनको वुहान, पाँचौंमा भियतनाममको हनोइ, छैटौंमा बंगलादेशको ढाका, सातौंमा भारतको मुम्बई छ । प्रदूषणका कारण सर्वसाधारणले आँखा पोलेको महसुस गरेका छन् ।
सोमबारदेखि काठमाडौं आकाश धुम्मिएको छ । त्यसै कारण प्रदुषण बढेको विज्ञहरुले बताएका छन् । कचौरा जस्तो सेपमा भएका कारण आकाश धुम्मिएपछि काठमाडौंमा प्रवेश गरिसकेको र यही उत्सर्जन भएको प्रदुषण बाहिर जान पाउँदैन ।
काठमाडौंमा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डभन्दा ५ गुणासम्म बढी रहेबो बताइएको छ । डब्लूएचओले वार्षिक औसत पीएम २.५ को मापदण्ड १० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ । सरकारले तोकेको मापदण्डलाई वार्षिक हिसाबले हेर्दा ४९ माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ । तर काठमाडौंमा ३ सय ५० माइक्रोग्राम प्रतिघनमिटरसम्म पीएम १० र पीएम २.५ को मात्रा पुग्ने गरेको छ ।
सरकारले पीएम १० को मात्रा १ सय २० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ भने २.५ को ४० माइक्रोग्राम प्रतिघनमिटर मापदण्ड निर्धारण गरेको छ । जाडो महिना मंसिर, पुस र माघमा हानिकारक कण २.५ को मात्रा सबभन्दा अधिक हुने गरेको छ ।
काठमाडौं उपत्यकामा यातायातका साधन र सडकको धूलो प्रदुषणका मुख्य स्रोत हुन् ।