१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सोलुखुम्बुमा टिपर भीरबाट खस्दा तीनको मृत्यु



सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिकाको सिमानास्थित महादेव भिरमा टिपर खस्दा तीनको मृत्यु भएको छ । एक जना घाइते छन् ।

आइतबार राति करिब ११:३० बजे बा४ख ७९८० नम्बरको टिपर दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौँडाका अन्दाजी ३३ वर्षीय रामकुमार मगर र सप्तरीका १९ वर्षीय कृष्ण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

हेटौँडाका २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको बताइएको छ ।

दूधकोसी सोलुखोला (८६ मेगावाट) जलविद्युत् आयोजनाको निर्माण सामग्री लिएर आएको टिपर भिरबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  २ : ४१ बजे