२४ कार्तिक २०८१, शनिबार | Sun Nov 10 2024

कोभिड प्याकेज संसदबाट पास गराउन बाडडेनलाई सकस



न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई संसदबाट आफ्नो १.९ ट्रिलियन डलरको कोभिड प्याकेज पास गराउन हम्मे परेको छ । सांसदहरुको आआफ्नै धारणा हुँदा उनलाई गाह्रो भएको हो ।
सिनेट रिपब्लिकनका नेता मिच म्याकोनेल यसमा कम मात्र मुल्य ट्याग राख्न चाहेका छन् । त्यस्तै सिनेटर सुसान कोलिन्सले कामदारहरुको न्यूनतम ज्याला वृद्धि प्याकेजमा समावेश गर्न नहुने बताएका छन् ।

वाइडेनकै पार्टी डेमोक्र्याटका सिनेटर नेता चक शूमरले अझै थप “बोल्ड र मजबूत” बिल चाहिने बताइरहेका छन् ।

खासमा सिनेटमा झिनो मतान्तरले मात्र डेमोक्रायटको बहुमत भएको कारण सदस्यहरु व्यक्तिगत रुपमा शक्तिशाली देखिएका छन् । प्याकेज पास गर्नको लागि सिनेटरहरुको व्यक्तिगत भोटको ठूलो माने हुने भएको छ ।

प्याकेजमा अमेरिकीहरूलाई थप सहायता दिने उल्लेख छ । जस अनुसार बालकरलाई एक वर्ष बढाउने, सिमाभित्र पर्ने सबै अमेरिकीलाई १४ सय डलर स्टिमुलस चेक दिने र प्रतिघण्टा न्युनतम् ज्याला १५ डलर पुर्‍याउने योजना रहेको छ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ६ : २१ बजे