१ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

स्तुपा निर्माणको लागी किदुगलाई ५५ हजार डलर दान


Ang

१३ फाल्गुन २०७७, बिहिबार  

0
Shares

समाजसेवि स्व आङ पासाङ लामा ( गोल्डेन) को छोरिछोरिले आफनो बुबाआमाको सम्झनामा शेर्पा किदुग अमेरिकालाई ५५ हजार ५ सय ५५ डलर दान दिएको छ । उक्त रकम किदुगद्वारा गत बर्ष न्युयोर्कको वालकिलमा खरीद गरिएको जग्गाको वीचमा निर्माण हुन लागेको बौद्ध स्तूपा, चैत्य निर्माणको लागि दिएको हो । नेपालमा लामो समय गोल्डेन गुड शेर्पा कन्सट्रक्सनको कम्पनि मार्फत निर्माण व्यवसायमा लाग्दै आएका दोलखा जिल्लाको स्व आङ पासाङ विगत केही बर्षदेखिन अमेरिकामा बसाईको क्रममा गत अक्टुबर १४ को दिन हृदयघातको कारण न्युजर्सिमा निधन भएको थियो ।

मिजासिलो स्वभावको समाजसेवि स्व आङ पासाङले नेपालको धार्मिक तथा समाजिक क्षेत्रमा सहयोग गर्ने क्रममा अमेरिका आएपछि पनि आफनो गृह जिल्ला दोलखा स्यामाको गुम्बालाई १० लाख रुपिया सहयोग गरेका थिए ।

‘ अमेरिकामा हामीले खरिद गरेको जग्गामा बन्न लागेको विश्व शान्ति र वातरणीय संरक्षण स्तुपा निर्माणको शूरुवात पिता आङपासाङ शेर्पा र माता छयोकी लामा शेर्पाको सम्झनामा यो दान गरेको हो ‘ शेर्पा किदुगको महासचिव समेत रहेको छोरा कर्मा शेर्पाले एभरेष्टटाइम्सलाई भने-‘ बुबाको अन्तेष्टिकै दिन अमेरिकामा रहेका हामीहरु छोरा कर्मा शेर्पा र तेन्डी शेर्पा छोरि किन्जी शेर्पा र बिमला शेर्पाले बुबाको नाममा स्तुपालाई दिने सल्लाह अनुसार गत नोभेम्बर ७ तारिख किदुगमा आयोजित देव अवतरण दिवसमा दान गर्न पाए ‘ उनले बताए ।

६ एक्कड क्षेत्रफलको जग्गामा बन्न लागेको स्तुपाको लागी १ मिलियन डलर खर्च लाग्ने भएकोले यो दान शुरुवात गरेको महासचिव कर्माले बताए । स्व आङपासाङ शेर्पा किदुगका आजीवन सदस्य समेत हुन । बुबाको सम्झनामा छोराछोरिले इलामको गुम्बामा १७ लाख रुपियाको मुर्ति चढाउनुको साथै बुबाआमाको नाममा खेनरिम्पोचेको गुम्बाको ५० हजार डलर राशीको कोष खडा गरेको छोरा कर्माले बताए ।

 

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहिबार  ७ : ५६ बजे