११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

पेनोर रिम्पोक्षे नाम्डोलिङ नेपाल शाखाको अध्यक्षमा भिक्षु आङफुरि शेर्पा


Ang

१५ फाल्गुन २०७७, शनिबार  

0
Shares

क्यब्जे पेनोर रिन्पोक्षे नाम्डोलिङ गुम्बाको नेपाल शाखा ‘पेनोर रिन्पोक्षे बुद्ध धर्मावलम्बी समाज’को दोश्रो अधिबेसनमा भिक्षु आङ फुरि शेर्पाको अध्यक्षतामा नया कार्यसमिति निर्विरोध निर्वाचित भएका छन । समाज महापण्डित खेन्क्षेन नाम्डोल रिन्पोक्षेले स्थापना गरि गुरु दक्षिणा स्वरूप पेनोर रिन्पोक्षेलाई चढाएको सस्था हो ।

समाजको काठमाडौमा हालै सम्पन्न दोश्रो अधिबेसन पेनोर रिन्पोक्षे च्यारिटी फाउण्डेसनका ट्रस्टी खेन्पो कर्मा डुवाङ रिन्पोक्षे मैसुर र महापण्डित खेन्क्षेन नाम्डोल रिन्पोक्षेको प्रमुख अथित्यमा भएको थियो । कार्यक्रममा नाम्डोलिङ गुम्बाको क्यब्जे टुल्कु ग्याङखाङ रिन्पोक्षे र क्यब्जे टुल्कु मुग्साङ कुक्षेन रिन्पोक्षेले शुभकामना संदेश दिएका थिए ।

उक्त अवसरमा नुप्री खेन्पो टाशि छिरिङ , खेन्पो कर्क्षो र नेपालमा रहेको नामडोलिङ गुम्बाका सबै शाखाहरुबाट प्रतिनिधिको रुपमा खेन्पो, टुल्कु, र लोपोनहरु लगायत धर्म गुरुहरुको उपस्थिति थिए । तीन बर्षको लागि चयन गरेको कार्यसमितिको उपाध्याक्षमा रत्न बहादुर गुरुङ (लोपोन लेग्शे), महासचिवमा पुर्ण पाख्रीन तामाङ (लोपोन दावा टाशी) सचिवमा लोपोनमा डोल्मा लामा , कोषाध्याक्ष्मा पेमा थाइ रुम्बा (खेन्पो पेमा थाइ) र सदस्यहरुमा आनी पेमा डोमा र जितेन्द्र लामा (लोपोन जिग्मे) चयन भएका छन । कार्यक्रममा विगत केही बर्ष देखि धार्मिक क्षेत्रमा सहयोग पुर्‍याउदै आएका भिक्षु आङ फुरि शेर्पा र खेन्पो मिङमार शेर्पालाई सम्मान स्वरुप खेन्क्षेन नाम्डोल रिन्पोक्षेले खाताक र पुरस्कारले सम्मान गरेका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  १० : २६ बजे