एनआरएन अमेरिकाका उपाध्याक्ष बुद्धिसागर सुवेदीले एनआरएन अमेरिकाको आगामी कार्यकालको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको छ । विन्सकन्सिन राज्यको च्याप्टर अध्यक्ष हुदै वर्तमान उपाध्यक्ष सुवेदीले शनिबार विहान जुममार्फत उम्मेदवारी घोषणा गरेका थिए ।
घोषणा सभामा सुवेदीले गैर आवासीय नेपालीको साझा संस्था एनआरएनएलाई अझ व्यापक बनाइ थप उचाईमा पुर्याउन आफूले सक्दो प्रयास गर्ने वचनवद्धता व्यक्त गरेका थिए । उनले आफूभन्दा अग्रजहरुले देखाएको र हिडेको बाटोलाई आत्मसात गर्दै सामूहिक भावनालाई समेटेर सबल र सक्षम एनआरएन बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सभामा अमेरिकामा रहेका नपालीहरुको लागत संकलन गर्न सक्दो प्रयास गर्ने, च्याप्टर अध्यक्षको भेला गराएर ती स्थानका समस्या संकलन गर्ने, टीपीएस र असाइलमका लागि हेल्प डेस्क खडा गर्ने, थप च्याप्टर बनाउन प्रयास गर्ने, एनआरएनको सामूहिक लगानीलाई पनि प्राथमिकतामा राखेर काम गर्ने वचनवद्धता व्यक्त गरेका थिए ।
भिन्न राज्य च्याप्टरका प्रतिनिधिहरु उपस्थित जुम कार्यक्रम विस्कन्सिन च्याप्टरका अध्यक्ष टुकप्रसाद रेग्मीको सभापतित्वमा भएको थियो । कार्यक्रममा आइएनएलएसका महासचिव सर्वज्ञ वाग्ले, लाल काफ्ले, एनआरएनका संस्थापक उपाध्यक्ष श्याम कार्की, राजेश पण्डित, हरि गैरे, कुलानन्द शर्मा, दिलु पराजुली र गोविन्द सुवेदी आदीले जिज्ञासा र शुभकामना दिएका थिए ।