१ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026

शेर्पा भाषा सिक्नका लागी बन्दै छ शेर्पा एप्स


Ang

१६ फाल्गुन २०७७, आइतबार  

8
Shares

शेर्पा भाषा संरक्षणको लागी विश्व शेर्पा संघ ( जम्बुलिङ शर्वी छोक्पा) ले शेर्पा भाषाको एप्स बनाउन थालेका छन । शेर्पा एप्समा शेर्पा भाषाको शब्दकोष, नेपाली, अंग्रेजी र सम्बोटा लिपिको माध्यामबाट शेर्पा भाषाको सिकाई, भाषा अनुवाद, भाषा सिकाई पाठयक्रम, शेर्पा ब्लग, शेर्पा सम्बन्धीत भिडियो, शेर्पा सस्कृति, शेर्पा पात्रो, शेर्पा समाचारहरु राखिएको छ । यो एप्सको माध्यामबाट अब विश्वभरिबाट जो सुकैले पनि सजिलै शेर्पा भाषा सिक्न सकिने भएको छ ।

‘ विर्सदै जान थालेको शेर्पा भाषा जर्गेनाका लागी सवैले सिक्न सजिलो होस भन्ने उद्धेस्यले यो एप्स बनाउन लागेको हो’ विश्व शेर्पा संघका अध्यक्ष आङ दोर्जि लामा शेर्पाले भने—‘ विभिन्न चरणको छलफलपछि यसै हप्ता शेर्पा समुदायका भाषा विज्ञ र धर्म गुरुहरुसंगको सरसल्लाहपछि एप्सको अन्तिम रुप दिने योजना बनाएका छौ’ । विश्व शेर्पा संघले सन २०२० को नोभेम्बरमा बसेको कार्यसमितिको बैठकले विभिन्न मुलकमा रहेका शेर्पा सस्थाका प्रतिनिधिहरु सम्मिलित १४ सदस्यीय एप्स निर्माण समिति बनाएका थिए । समितिले एप्स निर्माणको लागी आर्थिक संकलन गदै प्रविधिक टोलिले तयार भएको नमुना एप्सको बारेमा छलफल गरेका थिए ।

सन २०१७ मा काठमाडौमा गठन गरेको विश्व शेर्पा संघले हरेक बर्ष विश्व दिवस मनाउनका साथै शेर्पा समुदायभित्र थरमा देखिएको समास्या समाधानको लागी एक उपसमिति गठन गर्नुको साथै शेर्पा भाषाको एप्स बनाउन लागेको प्रबक्ता आङछिरिङ शेर्पाले बताए । उनका अनुसार ३ महिनाभित्रमा एप्स तयार हुनका साथै थरको बारेमा देखिएको समास्याको बारेमा थर अनुसन्धान समितिले यसै महिनाभित्र प्रतिवेदन पेश गरिने भएको छ । थर अनुसन्धान समितिमा आचार्य नुर्बुको संयोजकत्वमा विभिन्न मुलुकका किदुगका प्रतिनिधिहरु सम्मिलित छन ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  १० : ३१ बजे