२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

शेर्पा किदुग अमेरिकामा पहिलो महिला अध्यक्ष


Ang

१७ फाल्गुन २०७७, सोमबार  

8
Shares

अमेरिकाको न्युयोर्कमा शेर्पा समुदायको धार्मिक र सास्कृतिक संरक्षणका लागी स्थापित शेर्पा किदुगको नया नेतृत्वमा पहिलो पटक महिला अध्यक्ष छिरिङ शेर्पा निर्विरोध निर्वाचित भएकी छन । अमेरिकाको शेर्पा समुदायको नेतृत्वमा पुग्ने उनी पहिलो महिला हुन । उनी शेर्पा किदुगको कोषाध्याक्ष पदमा दुई बर्ष सेवा गरेर यसै पटक अध्यक्ष भएकी हुन । किदुगको आइतबार सम्पन्न अधिबेसनले निर्विरोध निर्वाचित कार्यसमितिका पदाधिकारीहरुले किदुगको आफनै भवनमा बौद्धधर्म गुरु लामा टुल्कुबाट सपथ लिएका थिए ।

किदुगको नया कार्य समितिमा उपाध्याक्षमा तेम्बा शेर्पा, महासचिवमा आङछिरिङ शेर्पा, सचिवमा ल्हाक्पा तेन्जी शेर्पा, कोषाध्याक्ष पल्जुर शेर्पा, प्रवक्तामा पासाङ गेल्जे शेर्पा, सदस्यहरुमा ङवाङ तेन्जी शेर्पा, पासाङ दिकी शेर्पा, याङचेन डोल्मा शेर्पा,सेरजाङमु शेर्पा, रिन्जी नुर्बु शेर्पा, आङ बाबु शेर्पा, निमा नुर्ब शेर्पा र कान्छी लामा निर्वाचित भएका छन । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक फुरनिमा शेर्पा, पुर्व अध्यक्ष्हरु लोप्साङ ठिले शेर्पा, ग्याल्जेन शेर्पा, दाजा जाङबु शेर्पा, उर्गेन शेर्पा र शेर्पा कल्चर सेन्टरका ट्रष्टी बोर्डका संयोजक पेम्बा गेल्जे शेर्पाले बधाई शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ८ : २३ बजे