१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

महाशिवरात्रि : पशपतिमा नागाबाबा कम



महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा श्रद्धालुहरूको भिड लागेको छ । पशुपतिनाथमा बिहानैदेखि शिवभक्तहरूको घुइँचो लागेको हो । यद्यपि कोरोनाका कारण विगतको तुलनामा कम भक्तजन उपस्थित छन् । पशुपतिको मूल मन्दिरमा प्रवेश गर्दा मास्क अनिवार्य गरिएको छ ।

पशुपतिमा बर्सेनी आउने नागाबाबाको संख्या पनि यस पटक घटेको छ । विगत ४/५ सयको संख्यामा भारतबाट त्यस्ता बाबाहरु आउने गरेपनि पशुपति विकास कोषले यस वर्ष करिब १०० मात्र आएको जनाएको छ । साथै भक्तजन कम भएको र व्वस्थापन राम्रो भएकोले आधा घण्टा लाइनमा बसेपछि दर्शन गर्न पाइने गरेको बताइएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  २ : ५५ बजे