काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीले सर्वसम्मतिबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । पार्टीमा सहमति जुटेपछि संसदीय दलका नेतासमेत रहेका देउवाले आफ्नो नेतृत्वमा सरकार निर्माणका लागि अग्रसरता लिएका छन् ।
उनले आफ्नो नेतृत्वमा सरकार निर्माण गर्ने सम्बन्धमा शुक्रवार जनता समाजवादी पार्टी (जसपा) का नेताहरुसॅग एक घण्टा छलफल गरेका छन् । जसपाको यादव–भट्टराई समूहले देउबालाई समर्थनको संकेत पनि दिएको छ । यद्यपी महन्त ठाकुर र राजेन्द्र महते समुह भने प्रधानमन्त्री केपी ओली पक्षमा झुकाव राख्छन् ।
सुरुमा देउबालाई पार्टी भित्र नै के हुने भन्ने थियो । तर शुक्रबार बस्को कांग्रेस नेता रीमचन्द्र पौडेल समुहले देउबालाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरेपछि उनी पार्टी भित्र सर्बसम्मत भएका हुन् ।
त्यसो त यसअघि देखि नै माओबादी जुनसुकै हालतमा ओली सरकार ढाल्ने र देउबाको नेतृत्वमा भए पनि सरकार बनाउने प्रयासमा रहेको छ ।
यद्यपि देउबा प्रधानमन्तिरी बन्ने नबन्ने भन्ने बिषय जसपामा निर्भर छ । कांग्रेस र माओबादीको सांसद संख्याले मात्र सरकार बनाउन पुग्दैन । त्यसमा जसपाको समर्थन अनिबार्य छ ।
राजपाको ठाकुर-महतो समुहले भने जस्ले सांसद रेशम चौधरीको रिहाई, संबिधान संसोधन तथा जेलमा रहेका नेता कार्यकर्ताको रिहाईलाई सर्तको रुपमा लिएको छ । जसले माग पुरा गर्छ उसैलाई समर्थन गरिन् जनाएको छ । त्यसका लागि उनीहरु ओलीसॅग पनि संवादमा छन् ।