३० भाद्र २०८१, आइतबार | Mon Sep 16 2024

बहराइनी राजकुमार खलिफाको टोली नेपालमा



काठमाडौं । बहराइनका राजकुमार सेख मोहम्मद अमाद अल खलिफासहित १६ जनाको टोली सगरमाथा आरोहणका लागि नेपाल आइपुगेका छन् ।

यस टोलीमा रीजकुमारका साथै रोयल गार्डस्का सदस्यहरु छन् । उनीहरु बहराइन डिफेन्स फोर्सको सैन्य जहाज चढेर सोमवार काठमाडौं उत्रेका हुन् । टोलीमा राजकुमारसहित १३ जना बहराइनी नागरिक र ३ जना बेलायती छन् ।

यही टोलीले कोरोनाले बिश्वलाई त्रहिमाम बनाएको बेला र नेपाल पनि ठप्प रहेको बेला बिशेष स्वीकृति लिएर अक्टोवरमा लोबुचे र मनास्लुको आरोहण गरेको थियो । आरोहणको ब्यबस्थापन गरेको सेभेन समिट ट्रेक्सले त्यही बेला टोलीले त्यो दुई हिमाल तालिमको लागि चढेको र उनीहरुको लक्ष्य सगरमाथा चढ्नु रहेको बताएको थियो ।

योजना अनुसार नै टोली सगरमाथा आरोहणमी आएको हो । उनीहरु कम्तिमा ८० दिन नेपालमा रहने बताईएको छ । यसअघि यो टोलीले सन् २०२० को अक्टोवरमा लोबुचे र मनास्लु हिमाल चढेको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ७ : ५५ बजे