फ्लोरिडामा रात्रिकालीन कर्फ्यू

२०७७ चैत्र ९, सोमबार १४:३५

न्युयोर्क । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी बीचमा पर्यटकहरुको अत्याधिक चाप बढेपछि तीन साताका लागि रात्रीकालिन कर्फ्यु लगाइएको छ ।

उक्त क्षेत्रमा वार्षिक बिदा मनाउन आउने पर्यटकको भिड अस्वाभाविक रूपमा बढेकाले त्यसले कोभिड १९ सङ्क्रमण फैलिने जोखिम बढेको भन्दै रात्रीकालिन कर्फ्यु लगाइएको हो ।

यो निर्णयपछि राति ८ बजेदेखि बिहान ६ बजेसम्म कम्तीमा तीन साताका लागि कर्फ्यू लाग्नेछ। यसअघि मियामीका मेयरले ‘पर्यटकले भिडभाड गरेको र अस्तव्यस्त बनाएको’ टिप्पणी गरेका थिए । कोभिड महामारी सुरु भएयता लामो समय घरमा थुनिएर रहनु परेकाहरुले विदा मनाउन बाहिर निस्कन थालेपछि भीडभाड बढ्न थालेको हो । हालसम्म फ्लोरिडा राज्यमा मात्रै २० लाख मानिस सङ्क्रमित भइसकेका छन् ।

सम्बन्धित समाचार