एनआरएन राष्ट्रिय समन्वय परिषद अमेरिकाको आगामी निर्वाचनमा न्युयोर्क निवासी रामहरि अधिकारीले उपाध्यक्ष पदमा उम्मेद्धावर दिने भएको छ । अधिकारी एनआरएन न्युयोर्क च्याप्टरमा दुई कार्यकाल सफल नेतृत्व गरिसकेका एनआरएनकर्मि हुन । उनको नेतृत्वमा न्युयोर्कमा विभिन्न उल्लेखनीय कार्यहरु भएका छन ।
अध्यक्ष अधिकारी न्युयोर्कमा कोभिढ शुरुसंगै समुदायलाई परेको बेलामा घरदैलोमा पुगेर खटीरहने सक्रिय अभियान्त हुन । आगामी निर्वाचनमा उपाध्याक्ष पदको लागी उम्मेद्धवरी दिने घोषणासंगै अधिकारीले जारी गरेको विज्ञाप्ती
उपाध्यक्ष पदमा कार्यकाल (२०२१-२०२३) का लागि मेरो उम्मेदवारी घोषणा।
आदरणीय अमेरिका निवासी गैर आवासीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु,
गैरअवासीय नेपाली संघ, नेपाल सरकारबाट मान्यता प्राप्त प्रवासमा रहेका नेपालीहरूको एउटा साझा संस्था हो । विगत देखि हाल सम्म गरिएका सामूहिक एवं निरन्तर प्रयासले यो संस्था हामी सबैको साझा संस्थाका रूपमा स्थापित भएको छ र यसलाई प्रवासमा रहनुहुने सम्पूर्ण नेपालीहरू अटाउन सक्ने सबल र सुदृढ संस्था बनाउने जिम्मा हामीमा छ ।
म लामो समयदेखि यस संस्थामा रहेर नेपाल र नेपालीको हितमा सेवा गर्दै आएको कुरा यहाँहरु सबैलाई विदित नै छ । व्यक्तिगत रूपमा मैले यस संस्थासँग हाल सम्म जोडिएर गरेका गतिविधि र योगदानको मूल्याङ्कन गर्ने जिम्मा यहाँहरुमा छोडेको छु । विगतमा जस्तै माया, साथ र सहयोग पाउने आशा एवं विश्वासका साथ संस्थालाई अझै सुदृढ गरी संस्थागत रूपमा बिकास गर्नका लागि यस पटक म गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको उपाध्यक्षमा रहेर काम गर्ने दृढ इच्छा भएको कुरा यहॉहरु समक्ष प्रस्तुत गर्न चाहन्छु ।
अहिले हामी गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको निर्वाचनको सँघारमा छौं । २०१५-२०१७ कालमा म च्याप्टरको सचिवको रूपमा रहेर न्यूयोर्क च्याप्टरलाई संगठनात्मक रूपमा सबल बनाउन प्रयत्नरत रहेँ भने २०१७-२०१९ र २०१९-२०२१ मा च्याप्टरको अध्यक्ष को रूपमा संस्थालाई गतिशील र प्रभावकारी तुल्याउने कार्यमा केन्द्रित रहेको कुरा यहाँहरूलाई स्मरण गराउन चाहन्छु ।
प्रवासमा नेपाली पहिचान जीवन्त राख्ने क्रममा विभिन्न कार्यक्रमहरू यहाँहरू सबैको सहयोगमा सम्पन्न गर्न पाएकोमा गौरवान्वित महसुस गरेको छु भने यहाँहरूकै हौसला र प्रेरणाले एनआरएनए न्युयोर्क च्याप्टरलाई साधन, स्रोत र विभिन्न सम्भावनाका खोज र कार्यान्वयन गर्ने सन्दर्भमा एनआरएनए एनसीसी को छाता भित्र नै रहेर न्युयोर्क राज्य अन्तर्गत यस संस्थालाई न्युयोर्क राज्यमा दर्ता गराउने काम देखि विभिन्न कामहरू गर्न सफल भएको र आवश्यकता अनुसार कामहरू गर्न सफल भएको यहॉहरु जानकार नै हुनुहुन्छ। सम्पादित कार्य र मेरो तिन वटै कार्यकालमा सहयोग पुर्याउनु हुने प्रवासमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीवहिनीहरू, सामाजिक अभियन्ता, बुद्दीजिवी, पत्रकार, कानूनविद, व्यवसायी सम्पूर्णलाई हार्दिक आभार प्रकट गर्दै भविष्यमा पनि यहाँहरुको साथ र सहयोग पाउने विश्वास लिएको छु।
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु,
सामाजिक यात्राको क्रममा यहाँहरूबाट प्रदान भएको सहयोग र हौसला नै मेरो सामाजिक यात्राका कारण हुन्। यहाँहरुको अभिभावकत्वमा सामाजिक काममा भएको सफलताले अझ बढी कर्तव्य बोध भएको छ। सामाजिक कार्यक्षेत्र स्वयंमा नै पाठशाला भएको महसुस गरेको छु। सामाजिक कार्य सम्पादनको क्रममा विविध प्राविधिक कठिनाईका कारण जानी वा नजानी मेरो व्यक्तिगत तर्फबाट केही त्रुटि भएको रहेछ भने क्षमायाचना गर्दै सही सुझाव र मार्गदर्शन गरि दिनुहुनेछ भन्ने पनि विश्वास लिएको छु ।
एनआरएनको वृहत्तर छाताभित्र एनआरएनए एनसीसी को इकाई च्याप्टर हो भने, एनआरएनको निर्दिष्ट उद्देश्य प्राप्तिका लागि कार्यान्वयन गर्ने निर्विकल्प आधार भनेको पनि च्याप्टर नै हो भन्ने मेरो अटल विश्वास रहेको छ। एनआरएनए प्रवासी नेपाली सबैको साझा संस्था भएकोले विभिन्न संघसंस्थाहरू सँग सहकार्य गर्दै अघि बढ्ने, सहअस्तित्व र सहकार्य, मर्यादालाई पालना गर्दै नेपाली समाजको सर्वांगिण बिकासको लागि धेरै काम गर्नु आवश्यक छ ।
म आफु एनआरएनए अमेरिकाको उपाध्यक्ष पदमा आफुलाई उभ्याई रहँदा मैले निम्न कुरालाई महत्वका साथ हेर्ने जानकारी गराउँदछु ।
1. Student, Youth & Women Empowerment
2. Immigration related issues
3. Mainstream Integration
4. Organizational Development & Exploration of alternative resources
5. Result oriented Programs
6. Accountable & Transparent organization
मलाई पूर्ण विश्वास र भरोसा छ एनआरएनए एनसीसी अमेरिकाको आगामी कार्यकालको लागी उपाध्यक्ष पदको रूपमा यहाँहरुले मलाई भारी मतका साथ बिजयी गराउनुहुनेछ। घोषणा पत्र र भाषणमा भन्दा काममा विश्वास गर्ने भएकोले, निरन्तर काम गरिरहेको छु र आगामी दिनमा समेत नेपाली समुदायको बृहत्तर हितका लागि काम गरेर प्रमाणित गर्नेछु। यहाँहरुको मतको उच्च सम्मान गर्दै नेपाली गौरव र नेपाली पहिचान, नेपाल र नेपाली समुदायको समग्र उत्थानका लागि समर्पित रहने प्रण गर्दछु।
रामहरी अधिकारी
उपाध्यक्ष पदको उम्मेदवार ( २०२१-२०२३ )
गैरआवासीय नेपाली संघ, अमेरिका