१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

नेपाली रियलस्टेट डेपलोप्मेन्टको पहिलो साधारण सभा सम्पन्न


Ang

१६ चैत्र २०७७, सोमबार  

0
Shares

नेपाली रियलस्टेट डेभलोप्मेन्ट फण्ड कर्पोरेसनको ((NREDFC) प्रथम साधारण सभा न्युयोर्कमा सम्पन्न भएको छ । भौतिक र जुम दुबै माध्यामबाट भएको कार्यक्रममा अमेरिकाका लागी नेपाली राजदुत डा. युवराज खतिवडाले उदघाटन गदै अमेरिकामा नेपालीहरुले यस्तो सामुहिक लगानीको व्यवसायमा लागेको थाहा पाउदा आफुलाई खुसी लागेको बताउदै शुभकामना दिएका थिए । डा खतिवडाले १ बर्षको अवधीभै किस्ता बन्दीमा रकम संकलन गरि लगानी समेत गरि सक्नु भन्ने सुन्दा यो कम्पनिको भविष्य उज्वल रहेको बताउदै अमेरिकाको लगानिका विषयमा आफु पनि सिक्न इच्छुक भएको र गैर आवसिय नेपालीहरुले नेपालमा शेयर लगायत विभिन्न क्षेत्रमा लगानी गर्न चाहेमा आफुले सकेको सहयोग गर्ने वचन पनि व्यक्त गरेका थिए । त्यस्तै एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष डा. अर्जुन वन्जाडेले नेपालीहरु यसरी सामुहिक लगानिमा उत्प्रेरित भई अगाडि वढेकोमा खुसी व्यक्त गर्दै आफुलाई समेत यो मन परेको बिषय भएपनि वुझ्नै नसकेको क्षेत्र परेको बताएका थिए ।

प्रवासी नेपाली एकता मन्चका अध्यक्ष प्रभु थापाले नेपालीहरुको आर्थिक संवृद्धीको लागि यस्ता सामुहिक लगानि प्रति सजग हुदै र गराउदै अगाडि वढ्नु पर्ने आजको आवस्यकता रहेको चर्चा गरेका थिए । त्यस्तै जन प्रगतिशिल मन्चका तर्फवाट नारायण कणेलले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । उक्त साधारण सभाका तथा सस्थाका अध्यक्ष सन्जय थापाले अमेरिकाबासी नेपालीहरु वीच धेरै विभिन्न सामाजिक संस्थाहरु रहेतापनि आर्थिक संवृद्धीको उद्धेश्यले सस्थाहरु प्राय नगन्य रहेको बताएका थिए ।

नेपालवाट आर्थिक संवृद्धी र परिवारको सुरक्षित भविस्यको सपना देखेर अमेरिका आएका धेरैको अनुभवमा ‘सुनेको जस्तो छैन भोगेको अमेरिका ‘ यही अवस्थालाई मनन गरी केही निस्चित साथीहरुको विच केही आर्थिक उन्नतिको सोचाई अगाडि वढाउने सल्लाह अनुसार चरणबद्ध छलफल अनुसार २०१९ को डिसेम्वरमा न्युयोर्कको ज्याक्सन हाईटमा भएको भेलाले यो कार्यको थलानी भएको अध्यक्ष थापाले बताए ।

सन २०२० को फेव्रेवरी देखी सुरुवात गर्ने भनियता पनि कोभिड-१९ ले स्थगित गर्नु परेको र यसमा संलग्न हुन चाहेका साथीहरुको अवस्था र परिस्थितिलाई अध्यन गरी २०२० अगस्ट देखी प्रति महिना किस्ता वन्दीको हिसावले शेयर रकम संकलन गरेका थिए । त्यसै अनुसार २०२० को डिसेम्वर भित्र कम्तिमा १०० सदस्य संख्या पुर्याई प्रत्येक सदस्यहरुवाट ४,१०,००० संकलन गरी १ मिलियल डलरको घनरासीवाट ‘रियलस्टेट ईन्भेस्टमेन्ट ट्रस्ट ‘ दर्ता गरी घर जग्गा सम्वन्धी कारोवार सुरु गर्ने निर्णय अनुरुप गतिविधि अगाडि वढाउने सोच अनुसार अहिलेसम्म १सय १७ जना शेयर सदस्य संकलन गरी प्रथम साधारण सभा गर्ने अवस्थामा आई पुगेको र उक्त सदस्यहरुवाट संकलित करिव ४८००,०० रकमवाट न्युयोर्कमा एउटा घर खरिद गरी हाल मर्मत भईरहेको र मर्मत सम्पन्न गरी विक्री गर्ने योजना रहेको थापाले बताए । यसको साथै ओहायोमा १ घर खरिद गरी हाल भाडामा प्रयोग भईरहेको र उपयुक्त मुल्य प्राप्त भयो यो पनि विक्री गर्ने योजना रहेको उनले बताए ।

कार्यक्रममा शेयर सदस्य पुजय थापाले सुरुका वर्षहरुमा धेरै लगानि घर खरिद गरी मर्मत संभार गरी विक्री गर्ने र कम लगानि घर खरिद गरी भाडामा लगानि गर्ने रणनिति रहे पनि विस्तारै यो प्रकृयालाई परिवर्तन गरि निकट भविश्यमा कतै जग्गा खरिद गरि घर निर्माण गरी विक्री गर्ने र संस्थाको अधिकृत पुजी ५ वर्षमा कम्तिमा १० मिलियन वनाइने कार्यनिति स्लाईड मार्फत प्रस्तुत गरेका थिए । अमेरिकी नेपाली समाजको रियल स्टेट व्यवसायी कुल आचार्यले अमेरिकाको रियल स्टेट वजारको भविष्य वारे जानकारी गराएका थिए । कार्चक्रमको वन्द सत्रमा अध्यक्षको प्रगति प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन र रणनितिक कार्यक्रम पास गर्नुका साथै संस्थाको विधान पास गरेका थिए । वन्द सत्रमा शेयर सदस्यहरुले उठाएका प्रश्नको जवाफ कम्पनिका महासचिव कृष्णा लामिछानेले दिनुका साथै दुवै सत्रको कार्यक्रम संचालन गरेका थिए । साधारण सभाले आगामि ३ वर्षको लागि पुन सन्जय थाापा अध्यक्ष र कृष्ण लामिछाने महासचिव रहेको १५ सदस्य कार्यकारिणी समिती निर्माण गरेका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ८ : १२ बजे