काठमाडौं । नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको यही चैत २५ गते हुने चुनावमा १६५ जना विभिन्न पदका लागि पतिस्पर्धामा उत्रिएका छन् ।
पहिलो पटक हुन लागेको प्रत्यक्ष निवार्चन प्रणालीको उम्मेदवारको अन्तिम नामावली अनुसार ३८ पदका लागि १६५ जनाले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
दुईवटा गठबन्धन मध्ये अध्यक्षमा सत्तारुढ एमाले समर्थित प्रेस चौतारीबाट निर्मला शर्मा र कांग्रेस समर्थित प्रेस युनियनबाट विपुल पोख्रेल उम्मेदवार भएका छन् भने स्वतन्त्र रुपमा गजेन्द्रसिंह बुढाथोकी र रामप्रसाद दाहालले पनि उम्मेदवारी दिएका छन् ।