काठमीडौं । चीनबाट अनुदानमी पिरापित केरोना बिरुद्धके खोप लगाउन सरकारले काठमाडौं उपत्यकामा १४ वटा अस्पतालमा तोकेको छ ।
चीन सरकारबाट प्राप्त खोप ४० देखि ५९ वर्ष उमेर समूह, शिक्षक, प्राध्यापक, शिक्षण संस्थाका कर्मचारी, अत्यावश्यक सेवामा संलग्न व्यक्ति, चीन सरकारको छात्रवृत्तिमा चीनमा पढ्न जान लागेका विद्यार्थी, हिमालयपार व्यापारमा संलग्न व्यक्ति, होटेल, इन्टरनेट, विज्ञापन, औषधि, तरकारी लगायतका क्षेत्रमा काम गर्ने व्यक्तिलाई दिइने छ।
चीनले आठ लाख डोज खोप उपलब्ध गराएको छ। खोपको पहिलो डोज लगाइसकेकालाई ७–११ वैशाखमा दोस्रो डोज दिइने स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्रदेयश त्रिपाठीले जानकारी दिएका छन्।
खोप केन्द्रहरु:
वीर अस्पताल, महाबौद्ध
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुर
निजामती कर्मचारी अस्पताल, नयाँबानेश्वर
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
नेपाल प्रहरी अस्पताल, पानीपोखरी
वीरेन्द्र अस्पताल, छाउनी
नेपाल सशस्त्र प्रहरी अस्पताल, बलम्बु
ओम अस्पताल, चाबहिल
क्षेत्रपाटी निःशुल्क अस्पताल, क्षेत्रपाटी
परोपकार प्रसुतिगृह तथा स्त्रीरोग अस्पताल, थापाथली
नेपाल मेडिकल कलेज, अत्तरखेल
काठमाडौं मेडिकल कलेज, सिनामंगल
शहिद गंगालाल राष्ट्रिय ह्रदयरोग केन्द्र, बाँसबारी