न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बिडेनले आफ्नो मुलुकमा भइरहेको बन्दुक हिंसालाई “राष्ट्रको रूपमा हाम्रो चरित्रमा कलंक गर्ने कार्य” घोषणा गर्दै बिहीबार केही बन्दुक नियन्त्रणका केही कडा नियमनहरु कार्यकारी आदेशका रुपमा जारी गरेका छन् ।
“यस देशमा बन्दुक हिंसा महामारी हो,” बिडेनले ह्वाइट हाउसको रोज गार्डेनबाट सम्बोधन गर्दै यसबाट धेरै नागरिक प्रभावित भएको बताए ।
उनले यस सम्बन्धमा संसदले ठोस कदम चाल्नु पर्ने बताए । हिंसा बढ्दै जाँदा सांसदहरूले धेरै विमर्स र प्रार्थनाहरू गर्ने गरेको देअिए पनि हिंसा कम गर्नका लागि ठोस कानुनहरु पारिसत गर्ने काम भने नगरेको उल्लेख गरे ।
गएको साता ठूला ठूला बन्दुक हिंसा भएपछि बिडेनले यस सम्बन्धमा नयाँ प्रस्ताव गरेको हो । बन्दुकधारीको आक्रमणमा परेर एकै हप्तामा दक्षिणी संयुक्त राज्य अमेरिकाको जर्जियास्थित अटलान्टाको एक स्पामा आठ व्यक्तिको मृत्यु भएको थियो भने कोलोराडोको बोल्डरमा किराना पसलमा १० व्यक्तिको मृत्यु भएको थियो ।
बिडेनले यि दुई घट्नाले देशव्यापी टेलिभिजन कभरेज पाए पनि यसरी प्रचारमा नआएका ८ सय ५० घट्नामा २५० जनाको ज्यान गएको ५०० घाइते भएको उल्लेख गरे ।
“यो महामारी हो’ उनले भने, ‘भगवानको खातिर ! यो रोक्नु पर्छ।”
बिडेनले जस्टिस डिपार्टमेन्टलाई सुरक्षा अधिकारीहरुले “घोष्ट गन” को उपमा दिएका घरेलु रुपमा निर्मित तथा एसेम्बल गरिएका बन्दुकहरुलाई प्रतिबन्ध लगाउन निर्देशन दिएका छन् ।
यस्ता हतियारहरुको सिरियल नम्बर नहुँने हुँदा ट्र्याक गर्न गाह्रो हुने र अपराधमा प्रयोग हुने गरेको बताइएको छ ।
यद्यपी बाइडेनको यो घोषणको सिनेटमा रहेका रिपब्लिकनहरुले बिरोध गरेका छन् र यसको बिरुद्ध लड्ने बताएका छन् । उनीहरुले संविधानको दोस्रो संसोधनले हतियार राख्ने अधिकारी दिएको उल्लेख गर्दै संबैधानिक अधिकार कसैले खोस्न नसक्ने उनीहरुको अडान रहेको छ । त्यस्तै नेशनल राइफल एसोसिएसनले पनि विरोध गरेको छ ।
तर बन्दुकबाट हुने हिंसाको विरुद्धमा अभियान चलाइरहेकाहरु र पीडितहरुले भने खुशी व्यक्त गर्दै यो सुरुवात मात्र भएको बताएका छन् ।