१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

जिपिके फाउण्डेसनको संयोजनमा न्युयोर्कमा २४७ जनालाई दोस्रो कोभीड खोप वितरण


Ang

२९ चैत्र २०७७, आइतबार  

0
Shares

गिरिजा प्रसाद कोईराला ( जिपिके) फाउन्डेशन अमेरिका च्याप्टरको संयोजनमा न्युयोर्क र आसपासमा रहेका नेपाली लगायत विभिन्न समुदायका २४७ जनालाई कोभीडवाट सुरक्षित रहन भ्याक्सिन लगाउने कार्य सम्पन्न भएको छ । संस्थाले क्विन्स हस्पिटल जमैकासग समन्वय गरी खोप अभियान सञ्चालन गरेकेा यो दोस्रो हो ।

फाउन्डेशनले अपि्रलको अन्तिम हप्तासम्म हरेक शनिवारका बिहान १० वजेदेखी ५ वजेसम्म अस्पतालसग समन्वय गरी खोप वितरण गर्ने र सोका लागी प्रत्येक वुधवार ३ बजेसम्म संस्थावाट उपलब्ध फारम भरी फाउण्डेशनकै कार्यालय वुडसाईड न्युयोर्कमा वुझाउनुपर्ने फाउण्डेशनका महासचिव एंव भ्याक्सिन टास्क फोर्सका संयोजक छिरीगं राप्के लामाले बताए । क्विन्स अस्पताल प्रशासनसंग सहकार्य गर्दै हरेक हप्ताको शनिवारका दिन फाउन्डेशनलाई प्राप्त ५०० जनाले सम्म एकैसाथ भ्याक्सीन लगाउन सक्ने उनले बताए ।

उक्त कार्यक्रममा फाउन्डेशनका महासचिव लामाको संयोजनमा उपाध्यक्ष सुवर्ण लामा, कार्यसमिती सदस्य एवं प्रवक्ता रामचन्द्र अधिकारी,कार्यसमिती सदस्यहरु सुर्य सिंखडा र धु्रव कुंवर क्षेत्री स्वयंसेवकको रूपमा खटीएका थिए । अस्पतालमा आगन्तुकहरूलाई लाईन व्यवस्थापन गर्ने, अनलाईनमा प्रश्न भरीदिने, भाषिक समस्यामा सहजीकरण गर्ने लगायतका कामहरूमा फाउन्डेशनका स्वयंसेवीहरूले गरेको जनाएको छ ।

अमेरिकामा नेपाली संघ-संस्थाहरु मध्ये गिरिजा प्रसाद कोईराला फाउण्डेसन अमेरिका च्याप्टरनै संभवत पहिलो संस्था हो जसले अहिलेसम्म ५ सय जना भन्दा धेरैं नेपालीहरुलाई क्वीन्स अस्पतालमा खोप लगाउनमा सहयोग पुर्‍याउदै आएको छ ।फाउण्डेसनको संयोजनमा भएको यो कार्यक्रमलाई अधिकार, शेर्पा किदुग र घ्याल्सुम्दो सेवा संस्था अमेरीकाको सहयोगमा फाराम भरी नामावली संकलन गरीएको र सोही अनुसार व्यवस्थित रूपमा खोप लगाईएको फाउण्डेसनका उपाध्यक्ष सुवर्ण लामाले वताए ।

यस भ्याक्सीन कार्यक्रमको अभियानमा क्वीन्स अस्पतालमा नेपाली समुदायका लागी मात्र भनेर छुट्टै सहायता केन्द्र हेल्प डेक्स स्थापना गरिएको र उक्त केन्द्रमा स्टेफन मनरो,सरोजीनी कुमार, डाक्टर राव र ग्रेगोरि माहाबीको सहयोग टोली रहेको फाउण्डेसनले जनाएको छ । क्वीन्स अस्पतालका समुदाय बोर्ड सल्लाहकार समितीका अध्यक्ष एंव क्वीन्स डेमोक्र्याटीक डिस्ट्रीक्ट नेता डा. ऐन्थोनि ऐन्ड्रीयु जुनियरले फाउन्डेशन संग हातेमालो गर्दै समुदाय स्तरमा यो खोप अभियान संचालन गर्न पाएकोमा प्रशन्नता व्यक्त गरेका थिए । डा. ऐन्थोनि ऐन्ड्रीयु जुनियरकै सहयोगमा फाउण्डेसनले अप्रीलको ३ तारिखमा र दोस्रो खोप कार्यक्रम अप्रीलको १० तारिखमा क्वीन्स अस्पतालमा सम्पन्न भएको छ । फाउण्डेशनले डा. ऐन्थोनि ऐन्ड्रीयु जुनियर,स्टेफन मनरो,सरोजीनी कुमार, डा. राव र ग्रेगोरि माहाबीलाई धन्यवाद एंव आभार प्रकट गरेको जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १० : १८ बजे