१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

नेचा सल्यान ल्होसार सेब्रु प्रतियोगितामा लेब्लु किदुग प्रथम


Ang

२९ चैत्र २०७७, आइतबार  

0
Shares

प्रथम ग्याल्पो ल्होसार सांस्कृतिक साझको अवसर पारेर आयोजित श्याब्रु नृत्य प्रतियोगितामा लेब्लु शेर्पा किदुग प्रथम भएका छन । त्यस्तै सिमखर्क शेर्वी किदुग द्धितीय र बुद्धिष्ट एकता शेर्वी किदुग र थाम दिङमा शेर्वी किदुगले तेस्रो स्थान हासिल गरेका थिए । सोलुखुम्बुको नेचा सल्यान-१, चोपम्दक -अहलेडाडा)मा आयोजना भएको प्रतियोगितामा विभिन्न ७ किदुगका करिब २ सयजना सहभागि थिए ।

प्रतियोगितामा सहाभागी संस्थाका कालकारहरुलाई आयोजकले बेहुलीको टोपी, चम्मर र बेहुलाको टोपि पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा विजेताहरुलाई नेपाल शेर्पा संघको तर्फबाट केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाले प्रथम, द्धितीय र तृतीय हुने समुहलाई २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरेका थिए ।
दुई महिना अघिदेखि विभिन्न स्थानहरुमा सञ्चालन हुदै आएको श्याब्रु प्रशिक्षण समेत सोही अवसरमा समापन भएको आयोजक

संस्था मध्ये हिमालयन शेर्पा सांस्कृतिक केन्द्र नेचा सल्यान इकाइका मेन्दो लक्की शेर्पाले जानकारी दिए । नेचासल्यानमा सांस्कृतिक केन्द्र गठन गरी जागरुकता देखाउने समूहका रुपमा डुढघुन्सा शेर्वी किदुगलाई अध्यक्ष पासाङ रिन्जी शेर्पाको तर्फबाट १० हजार नगदले पुरस्कृत गरेका थिए । गत फागुन २९ र चैत १ गते दुईदिन सम्म सञ्चालन भएको सांस्कृतिक कार्यक्रम आयोजना गर्न नेचा सल्यान गाउापालिका, विभिन्न वडा र ओखलढुंगाको चिसंखुगढी गाउपालिकाले बजेट विनियोजन गरेका थिए । त्यस्तै, देश विदेशबाट समेत विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरेका कार्यक्रम संयोजक मिङमार सार्की शेर्पाले जानकारी दिए ।

नेपाल शेर्पा संघ, हिमाली शेर्पा सांस्कृतिक समाज, नेपाल शेर्पा संघ, चिसंखुगढी गाउकार्य समिति, हिमालयन शेर्पा सांस्कृतिक केन्द्र नेचा सल्यान लगायत स्थानीय किदुगहरुको सक्रितामा कार्यक्रम भएको संयोजक मिङमार सार्की शेर्पाले जानकारी दिए ।
‘ओखलढुंगा र सोलुखुम्बु दुवै क्षेत्रको शेर्पा समुदायको संयूक्त आयोजनामो कार्यक्रमा यस भेगको शेर्पा समुदायको भाषा, संस्कार, संस्कृत र परम्परागत मान्यताहरुलाई थप उजागर गर्ने र गराउने मद्दत मिलेको र जिल्ला फराक भएपनि चिसंखुगढी र नेचासल्यानका शेर्पाहरु विच नङ र मासुको सम्बन्ध जस्तै भएकोले आगामि कार्यक्रम तथा शेर्पाहरुको निम्ती एक भएर अगाडि बढ्ने कार्यक्रम संयोजकले बताए ।

सोलुखुम्बु, ओखलढुंगा र खोटाङ जिल्लाबाट हजारौंको सहभागि रहेको कार्यक्रममा स्थानीय कलाकारहरुको साथै कलाकारहरु दावा के शेर्पा, आङ तेन्जी शेर्पा, सुस्मा राई, विनु गुरुङ, अनुषा राई, दौलत राई, मनराज राई, लाक्पा तेन्जी शेर्पा, राजकुमार कार्की लगायत थिए । हास्यकलाकार कक्रोज र भलेको विशेष प्रस्तुती रहेका थिए ।

पहिलो दिनको कार्यक्रम नेचा सल्यान गाउपालिकाका प्रमुख डुफ कुमार बास्तोलाको प्रमुख अतिथित्य र चिसंखुगढी गाउपालिकाका प्रमुख निशान्त शर्माेको विशेष अतिथित्यमा भएको थियो भने दोस्रो दिनको कार्यक्रम नेपाल शेर्पा संघको केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाको प्रमुख आतिथ्यतामा भएको थियो । उक्त अवसरमा संघका महासचिव लाक्पा शेर्पा, आदिवासी अधिकार अभियान्त आङ काजी शेर्पा किसान, गायक गम्बु शेर्पाले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम स्थलमा शेर्पा समुदायका परिकारहरु प्रदर्शनमा राखिएको थियो ।

कार्यक्रमले शेर्पा समुदायको मौलिक पहिचानको जानकारीसंगै समुदायमा व्यापक जागरण र रुपान्तरणका लागि सहयोग पुगेको स्थानीय श्याब्रु प्रशिक्षक पेम्बा रिन्जी शेर्पार्ले बताए । कार्यक्रम संयोजक मिङमार सार्कीै शेर्पाले ‘सस्कृति, सभ्यता र इतिहासको रक्षा, पहिचान र अधिकार सहितको शेर्पालुङ स्थापना हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ बृहत सास्कृतिक कार्यक्रमको आयोजना गरेको बताए । सोलुखुम्बु जिल्लाको विकट मानिने नेचासल्यान गाउपालिका र ओखलढुंगा जिल्लाकोे चिशंंखुगढी गाउापालिकाको दुवै गाउपालिमा ४५० शेर्पा घरदुरी भएतापनि पछिल्लो समय आफ्नो पहिचान जोगाउन, यस किसिमको समुहिक कार्यक्रम तथा अभियानहरु सञ्चालन गदै आएको उनले बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १० : ५५ बजे