नया बर्षको अवसर पारेर नुवाकोटको शिवपुरी गाउापालिकास्थित सुर्यचौरमा वैशाख १ गते रेस्लिङ हुने भएको छ । आरडब्लु समर स्लाईम अन्तर्गत नया वर्ष २०७८ को अवसरमा आयोजना हुन लागेको प्रतियोगितामा नेपाल रिङ रेसलिङ संघको आयोजना र शिवपुरी गाउापालिकाको सह आयोजना हुन लागेको हो ।
नया वर्षको दिन दिउसो २ बजेदेखि सुरु हुने भिडन्तमा हेभी वेट अन्तर्गत राष्ट्रिय रिङ रेस्लिङ विजेता नुवाकोटे टाइगर र चट्टानको वीच भिडन्त हुने भएको छ । त्यस्तै लाइट हेभी तर्फ डेभिड र साइन, हलुका तौलमा एक्स हिरो र सिजेको वीच भिडन्त हुने भएको छ । महिला तर्फ तानु, दिलसा र डेनिकाबीच भिडन्त हुनेछ भने हार्डकोर तर्फ द युब र थागु भिड्न लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन । प्रतियोगितामा बिकास खड्काले रेफ्रीको भूमिका निभाउने भएका छन् ।
सम्मेलनमा संघकी महासचिव सुर्वण श्रेष्ठ र कोषाध्यक्ष कमल तामाङ लगायत शिवपुरी गाउापालिकाका अध्यक्ष राम कृष्ण थापा सहित वडा अध्यक्षहरुको उपस्थित थिए । राजधानी काठमाडौदेखि नजिकै रहेको शिवपुरी गाउपालिकाको पर्यटकीय गन्तव्य सुर्य चौरलाई थप पहिचान दिलाउन नेपाल रिङ्ग रेस्लिङ्ग संघको आयोजना, गाउापालिकाको सह आयोजना र राष्ट्रिय खेलकुद परिषद, खेलकुद विकास परिषद बागमती प्रदेश को सहयोगमा उक्त प्रतियोगिता गर्न लागीएको संघले जनाएको छ ।
प्रतियोगितामा १६ खेलाडीहरुले ५ वटा समुहमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको लाईट वेट तौल समुहको विजेताले नगद ८ हजार, टि्रपल थ्रेटले नगद १० हजार, लाईट हेभी वेटको विजेताले नगद १२ हजार, हार्डकोरका विजेताले नगद १५ हजार र हेभी वेट विजेताले नगद २० हजार प्राप्त गर्नेछन ।