१४ मंसिर २०८०, बिहिबार | Thu Nov 30 2023

गोली हान्ने प्रहरीमाथि ‘गैरन्यायिक हत्या’को मुद्दा चलाइने



एक अस्वेत नागरिकलाई गोली हानेको आरोपमा प्रहरी अधिकृत किम पोटरलाई गिरफ्तार गरिएको छ । अमेरिकाको मिनसोटामा एकजना मोटर चालक अश्वेत व्यक्तिलाई गोली हानी हत्या गरेको आरोपमा उनी माथि गैरन्यायिक हत्या (सेकेन्ड डिग्री म्यानस्लटर) को मुद्दा चलाइने अभियोजनकर्ताहरूले बताएका छन् ।

पोटरले भने २० वर्षीय डन्टे राइटमाथि आफुले दुर्घटनाबस गोली चलाएको बताएकी छन् । उनले अचेत बनाउन प्रहार गर्नुपर्नेमा गल्तीले बन्दुक पड्कन पुगेको दाबी गरेकी छन् ।

त्यसबारे प्रतिक्रिया दिँदै मृतकका पारिवारिक कानुन व्यवसायी बेल क्रुम्पले उक्त हत्या “सुनियोजित र शक्तिको गैरन्यायीक प्रयोग” भएको बताएका बताएका छन् ।

पोटर र प्रहरी प्रमुख टिम गानन्‌ले ब्रुकलिन सेन्टर फौज छाडेका छन् । उक्त हत्याले त्यहाँ प्रहरी र प्रदर्शनकारीबीच तीन रात लामो झडप निम्त्याएको थियो । रात्रीकालिन कफ्युसमेत लगाउनु परेको थियो ।

गत वर्ष जर्ज फ्लोइडको हत्या पछि मिनियापलिस क्षेत्र तनाव भइरेहेको बेला यो घट्ना भएपछि थप तनाव भएको थियो ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ३ : २५ बजे