आइपुग्यो अमेरिकाबाट ३७ वर्षपछि वासुदेव-कमलाजाको मूर्ति

२०७८ बैशाख ३, शुक्रबार १६:४९

काठमाडौँ । पाटन, पट्को टोलस्थित नारायण मन्दिरबाट ३७ वर्षअघि चोरिएर अमेरिका पुर्‍याइएको वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) मूर्ति फिर्ता भएको छ ।

लामो समयको खोज–अनुसन्धान र कूटनीतिक प्रयत्नपछि घर फर्काउन सफल भएको हो । सोमबार नेपाल आइपुगेको उक्त मूर्ति बिहीबार पुरातत्व विभागमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको थियो ।

गत वर्ष अमेरिकाको डल्लास म्युजियममा प्रदर्शनीमा आएपछि चोरीको नेपाली सम्पदाबारे सरोकार बढ्दै गएर म्युजियमले मूर्ति फिर्ता गरेको हो । डल्लास म्युजियमले गत नोभेम्बर ३० मा अमेरिकी फेडरल ब्युरो अफ इन्भेस्टिगेसन(एफबीआई)मा बुझाएको उक्त मुर्ती वासिङटनस्थित नेपाली दूतावास मार्फत नेपाल आइपुगेको हो । उक्त मूर्तिलाई केही दिनमै पुरानै स्थानमा राखिने बताइएको छ ।

 

सम्बन्धित समाचार