नेपाली आदिवासी जनजाति साहित्यकार महासंघ, अमेरिका गठन

२०७८ बैशाख ६, सोमबार १७:२६

न्यूयोर्क । क्वीन्समा “साहित्यमा आदिवासी जनजाति सौन्दर्य लेखौं” भन्ने नाराका साथ भेला भएको नेपाली आदिवासी जनजाति साहित्यकारहरुको भेलाले मणि बाँङदेल राईको नेतृत्वमा आदिवासी जनजाति साहित्यकार महाँसंघ गठन गरेको छ ।

एघार सदस्यीय कार्य समितिमा उपाध्यक्ष फरा देण्डी शेर्पा, महासचिव जसकुमार राई, सचिव दिलीप कुमार श्रीष , कोषाध्यक्ष मनु लोहरुङ राई रहेका छन् ।

सदस्यहरुमा तारा मिलन छन्त्याल, विरेन्द्रहाङ लाबुङ, चन्द्र बज्यू तामाङ, बुद्द चेम्जोङ, विवश बेनाम लिम्बु, अशोक चाम्लीङ राई, अग्नी साम्पाङ राई रहेका छन् ।

आदिवासी जनजाति महाँसंघ अमेरिकाले साहित्यकारहरुको भेलाको समन्वय गरेको थियो । आदिवासी जनजाति महाँसंघको अमेरिकाका अध्यक्ष लोक चेम्जोङले चुनिएका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिएका थिए । अध्यक्षमा चुनिएका साहित्यकार मणी बाँङदेलले “अमेरिकामा रहँदै आएका नेपाली आदिवासी जनजातिहरुको मुद्दालाई साहित्यबाट मुखरित गर्न योजना बनाएर अगाडी बढ्ने” बताए ।

सम्बन्धित समाचार