४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

चर्चित कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण



काठमाडौँ । चर्चित हस्याकलाकार मदनकृष्ण श्रेष्ठ र उनको परिवारका सदस्यहरुलाई कोरोना संक्रमण भएको छ ।

श्रेष्ठले फेसबुकमा स्टाटस लेख्दै आफुसहित छोरा, छोरी, बुहारी र नातिनी गरी पाँचै जनालाई कोरोना भएको उल्लेख गरेका हुन् ।

‘मलगायत मेरा छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना देखिएको छ । कोरोना भइसकेपछि सास्तीचाहिँ हुने रहेछ त्यसैले यो भाइरसलाइ खेलाँची नगर्नु होला ! जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला’ उनले लेखेका छन् ।

साथै उनले आफ्नो जन्मदिमा शुभकामना दिने सबैलाई धन्यवाद पनि दिएका छन् । आज श्रेष्ठको जन्मदिन पनि हो । यसअघि उनका मित्र हरिवंश आचार्यलाई पनि कोरोना भएको थियो ।

 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ६ : ०५ बजे