४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

एनआरएनए एनसीसी अमेरिकाको महिला संयोजकमा सुन्दरी गुरुङको उम्मेदवारी



अमेरिका । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको महिला संयोजक पदमा सुन्दरी गुरुङले उम्मेदवारी दिएकी छन् ।

एनआरएनए न्यूह्याम्सायर च्याप्टरकी उपाध्यक्ष गुरुङले २०२१–२०२३ कार्यकालको लागि महिला संयोजकमा उमेद्वारी दिएकी हुन् ।

गैरआवासीय नेपाली संघको आजीवन सदस्य रहेकी गुरुङले आरएनए एनसीसी अमेरिकाको न्यूह्याम्सायर च्याप्टरको महिला संयोजक र उपाध्यक्षको रुपमा रहेकी २ कार्यकाल काम गरिसकेकी छन् । साथै, गुरुङसँग एनआरएनए एनसीसी अमेरिकाको महिला शशक्तिकारण कार्यदलमा कोचेयरको रुपमा काम गरेको अनुभव छ ।

नेपालमा रहँदा गुरुङले महिला विकास अधिकृतको रुपमा काम गरेको अनुभवको आधारमा अरु थप काम गर्न आफुले महिला संयोजकको लागि उमेद्वारी दिएको बताइन् ।

नेपाली अमेरिकी महिलाहरुको लागि आर्थिक र सामाजिक रुपान्तरणको बिकास गर्दै जानुपर्छ भन्ने मान्यता राख्ने गुरुङले भनिन्, नेपाली अमेरिकी समाजमा महिलाको सहभागिता बढाउनेतर्फ जोड दिनेछु ।

आजको आवश्यकता एनआरएनमा महिला र युवाको सहभागिता मुख्य मुद्धाको रुपमा आफुले एनआरएनमा उठाउने योजना गुरुङको छ ।

महिलाको आवाजलाई सुनुवाई गराउने, महिलालाई समावेशी गर्दै सहभागिता गराउने, महिलाहरुको सामाजिक आर्थिकस्तरमा विकास, र महिलाको नेतृत्वदायी भुमिकाको विकास गर्ने मुख्य योजना रहेको गुरुङको भनाइ छ । गुरुङले, महिलाको संजालको बिकास, राज्य स्तरमा रहेका च्याप्टरका महिला संयोजकहरुको संयोजन र शशक्तिकरणमा समन्वय गर्दै आफु अघि बढ्ने बताएकी छन् । जातिय, तथा राजनीतिक बिभाजनलाई त्यागेर सामुहिक रुपमा महिलालाई समावेसी गरेर अगाडि बढ्ने र स्थानीय संघसंस्थाहरूसँग हातेमालो गरेर काम गर्ने र नेपाली समाज र एनआरएनएको नेतृत्वमा महिलाको उल्लेखनीय सहभागिताको लागि सेतुको रुपमा काम गर्ने छु उनले भनिन् ।

गुरुङले, एनआरएनएको बिधानमा महिलाको ५० प्रतिशत सहभागिता पुर्याउन प्रयास गर्ने साथै एनसिसि र आईसिसिबिच समन्वयकारी भुमिकाको लागि जोड दिने बताईन् ।

भोजपुरमा जन्मेकी गुरुङले नेपाल सरकारको महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मंत्रालय अन्तर्गत बिभिन्न जिल्लामा महिला बिकास कार्यालय प्रमुख तथा महिला विकास अधिकृतका रुपमा विभिन्न जिल्लामा १५ बर्ष बढी काम गरिसकेकी छन् । महिलाको नेतृत्वदायी क्षमता अभिवृद्धि, महिलाको आर्थिक सवलीकरण, शिक्षा, स्वास्थ्य, रोजगारीमा महिलाको पहुँच लगायतका क्षेत्रमा काम गरेको अनुभव छ गुरुङसँग ।

काठमाण्डौको शंकर देव र महेन्द्र रत्न ताहाचलबाट ग्राजुयट तथा त्रिचन्द कलेजबाट समाजशास्त्रमा एमए गरेकी गुरुङले साझा भण्डार भोटाहिटीबाट जागिर सुरु गरेकी थिईन् । महिलाको लागि नारी सहयोग महिला सहकारी संस्थाको संस्थापक अध्यक्षका रुपमा काम गरिसकेकी गुरुङले महिलाको आर्थिक, सामाजिक तथा महिला सशक्तिकरणका क्षेत्रमा १९ बर्षबाम गरेको अनुभव छ । १७ सय महिला सदस्य रहेको सहकारीमा १० करोड बढीको कारोबार गर्दै महिलाको आर्थिक सशक्तिकरणमा सहयोग गर्दै आएको छ ।

गुरुङले विभिन्न सामाजिक संघ–संस्थाहरु, नेपाली समाज, साहित्य समाज, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना लगायत संस्थाको पदमा रहेर नेपाली भाषा कक्षा, कला संस्कृति सम्बर्धन र प्रवर्धनका लागि काम गरिसकेकी छन् । अमेरिकी सेन्सस २०२० टाक्सफोर्ड कोअरडिनेटर, कोभिड १९ टाक्सफोर्स सदस्य र ननपार्टिजन भेटिंग सचेतना कार्यक्रम संयोजकको रुपमा समेत काम गरेकी छन् ।

 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ६ : १५ बजे